साल्पासिलिछो गाउँपालिकामा मातृभाषाको अवस्था र सम्भावना

Authors

  • Ishwor Chauhan

DOI:

https://doi.org/10.3126/pb.v8i15.93170

Keywords:

मातृभाषा, द्विभाषिक, बहुभाषिक, भाषिक समुदाय, जाति

Abstract

प्रस्तुत आलेखमा मातृभाषाको प्रयोगावस्थाका बारेमा खोज विश्लेषण गरी तिनको संरक्षण तथा संवद्र्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवद्र्धन गर्ने अभीष्ट लिएको छ । अध्ययनको प्रमुख उद्देश्य साल्पासिलिछो गाउँपालिकामा प्रयोगमा रहेका भाषाको अवस्था र प्रयोग संभावना निरूपण गर्नु हो । यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट भाषिक तथ्याङ्क मुख्य सामग्री बनेका छन् । त्यस्तै जनगणना २०७८ र भाषा आयोग एवम् सम्बद्ध विभिन्न स्रोत सामग्रीबाट समेत सूचना सङ्कलन गरिएको छ । मातृभाषाको अवस्था अध्ययनका लागि जातिको उपस्थिति, जातिगत संस्कृतिको पहिचान र मतृभाषाको अवस्था अध्ययन सार प्रस्तुत गरिएको छ । समग्रमा साल्पासिलिछो गाउँपालिकामा नेपाली, राई समुदयका भाषा, नेवारी, तामाङ आदि मातृभाषाहरू प्रयोगमा रहेका छन् । उस अध्ययनमा जाति, भाषा र संस्कृतिको विविधता रहेको यस पालिकामा विविधता भित्र एकता र एकताबाट समृद्धिको सम्भावना खोजी गर्न सकिने आधार समेटी निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
6

Downloads

Published

2026-04-21

How to Cite

Chauhan, I. (2026). साल्पासिलिछो गाउँपालिकामा मातृभाषाको अवस्था र सम्भावना . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 9–15. https://doi.org/10.3126/pb.v8i15.93170

Issue

Section

Articles