फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न बालमनोविज्ञानको समालोचनात्मक अध्ययन

Authors

  • Krishna Hari Ale Magar

Keywords:

सबाल्टर्न, अधीनस्थ, प्रभुत्वशाली, सीमान्तकृत, उत्पीडन, प्रतिरोध

Abstract

प्रस्तुत लेख कक्षा ११ मा अध्यापन गराइने ‘फुटपाथ मिनिस्टर’ कथामा देखिएको सबाल्टर्न चेतनाको अध्ययनमा केन्द्रित छ । सबाल्टर्न अध्ययन पुँजीवादी समाजमा व्याप्त सांस्कृतिक अध्ययनभित्रको एक नवीन सैद्धान्तिक अवधारणा हो । यसले समाजका दलित, जनजाति, महिला, अल्पसङ्ख्यक, पिछडिएका वर्ग, असहाय वर्गको प्रतिनिधित्व गर्दछ । २१ औँ शताब्दीमा पिछडिएको वर्गका आवाजलाई मुखरित गर्ने सबाल्टर्नको अवधारणा, विकास, बहुअर्थक प्रयोग, शब्दको अर्थमा देखिएको अस्पष्टता तथा कक्षा ११ मा अध्यापन गराइने फुटपाथ मिनिस्टर कथाले बालमस्तिष्कमा पार्ने प्रभावका बारेमा अध्ययन गर्नु यस अनुसन्धानको प्रमुख उद्देश्य रहेको छ । इटालीका दार्शनिक एन्टोनियो ग्राम्सी ९ब्लतयलष्य न्चबmकअष्० ले सन् १९२९–१९३५ को बिचमा तत्कालीन फासिस्ट शासनद्वारा जेलमा बन्दी बनाइएका बेला लेखेका नोटहरू, टिप्पणीहरू र वैचारिक लेखनहरूको सङ्ग्रह एचष्कयल ल्यतभदययपक मा सबाल्टर्नसम्बन्धी सिद्धान्तमा आधारित रहेर मिश्रित विधिको प्रयोग गरी अध्ययन गरिएको यो लेखले नेपाली समाजमा व्याप्त विभिन्न खाले विभेद्लाई उजागर गरेको छ । कक्षा ११ मा कुल ३५ जना ऐच्छिक नेपाली विषय लिई अध्ययनरत विद्यार्थीहरूमध्ये ८६ प्रतिशतले सबाल्टर्नलाई दलित, महिला, बालबालिका र श्रमिक क्षेत्रमा कार्यरत र पछि पारिएका समूहसँग आबद्ध रहेका छन । यसैगरी ८० प्रतिशतले यसलाई मौन होइन, प्रतिरोधी समूहका रूपमा बुझेका छन् भने ८३ प्रतिशतले यसको मुख्य
समस्या शक्ति संरचनामा पहुँच नहुनुलाई मानेका छन् । ८९ प्रतिशतले साहित्य, सामाजिक सञ्जाल र आन्दोलनमार्फत यसको प्रभाव बुझेका अभिव्यक्ति दिएका छन् भने ७७ प्रतिशतले सबाल्टर्न अवधारणा जटिल र बहुअर्थक भएको बताएका छन् । बहुसङ्ख्यक ९४ प्रतिशतले निरीह तथा गरिब बालजीवनको प्रतिनिधित्व गरेको महशुस गरेका छन् । प्रस्तुत कथाले सामाजिक यथार्थ उजागर गरेको धारणा ९१ प्रतिशत विद्यार्थीहरूमा रहेको देखिन्छ भने ८६ प्रतिशतले यसबाट करुणा र सामाजिक जिम्मेवारी सिकाएको बताएका छन् ।

Abstract
58
pdf (Nepali)
0

Downloads

Published

2026-04-21

How to Cite

फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न बालमनोविज्ञानको समालोचनात्मक अध्ययन . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 16-25. https://doi.org/10.3126/pb.v8i15.93171

Issue

Section

Articles

How to Cite

फुटपाथ मिनिस्टर कथामा सबाल्टर्न बालमनोविज्ञानको समालोचनात्मक अध्ययन . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 16-25. https://doi.org/10.3126/pb.v8i15.93171