बसाइँ उपन्यासमा लोकविश्वास
DOI:
https://doi.org/10.3126/pb.v8i15.93172Keywords:
लोकविश्वास, धार्मिक, भाषिक शिल्प, सांस्कृतिक, दशैँAbstract
प्रस्तुत लेख नेपाली यथार्थवादी सामाजिक बसाइँमा उपन्यास प्रयोग भएका लोकविश्वासहरू पहिचान गरेर तिनीहरूको आधारमा उपन्यासको विश्लेषण गरिएको छ । बसाइँ (२०१४) उपन्यास लीलबहादुर क्षेत्रीद्वारा लिखित नेपाली भाषाको उपन्यास हो । नेपाली उपन्यासको चरण विभाजनमा यो उपन्यासलाई आधुनिक यथार्थवादी उपन्यास मानिएको पाइन्छ । प्रस्तुत उपन्यासको विश्लेषण समालोचना सिद्धान्तका विभिन्न कोणबाट गर्न सकिन्छ । बसाइँ उपन्यासमा लोकविश्वासको अध्ययन शीर्षकको प्रस्तुत आलेख बसाइँ उपन्यास भित्र प्रयोग भएको लोकविश्वासको पहिचान र विश्लेषणमा केन्द्रित रहेको छ । लोकविश्वास भनेको लोकले गरेको पत्यार हो ।लोकविश्वासका प्रकार धेरै भएपनि विश्लेषणका लागि ढाँचा निर्माण गर्दा धार्मिक लोकविश्वास र सांस्कृतिक लोकविश्वासलाई आधार मानिएको छ । बसाइँ उपन्यासमा प्रयुक्त समग्र लोकविश्वासको अध्ययन–पहिचान गरी ढाँचामा आधारित रहेर विश्लेषण गरिएको छ । लोकविश्वासले उपन्यासमा आएका पात्रमा कतै आशा कतै निराशा दिएका छन् । घटना, पात्र र परिवेशमा लोकविश्वासको प्रयोग भएको छ । बसाइँ उपन्यासमा भाषिक शील्पको रूपमा लोकविश्वासको प्रयोग भएकोले आधुनिक नेपाली उपनयासमा लोकविश्वासको प्रयोग हुन्छ र यसलाई उपन्यासको आन्तरिक गहना मान्न सकिने अध्ययनबाट पुष्टि भएको पाइन्छ ।