यशोधरा नाटकमा सामाजिक–सांस्कृतिक नारी उत्पीडन
DOI:
https://doi.org/10.3126/pb.v8i15.93173Keywords:
नारीवाद, पितृसत्ता, अधीनस्थ, उत्पीडन, प्रथा–प्रचलन, घरेलुहिंसाAbstract
प्रस्तुत आलेख ‘यशोधरा नाटकमा सामाजिक सांस्कृतिक नारी उत्पीडन’ शीर्षकमा सङ्गठित रहेको छ । नारीका समग्र मुद्दाहरूलाई समेटेर विकास भएको नारीवादले नारी उत्पीडनका विविध आयामलाई आफ्नो अध्ययनको क्षेत्रमा समेट्न सक्छ । यस वादका अनुसार नारीमाथि हुने उत्पीडन एकनासको नभई सम्बन्धित देशको सामाजिक संरचना, कानुनी व्यवस्था, अर्थ व्यवस्था, प्रशासन साथै प्रथा प्रचलनका रूपमा छिपेर पनि विकसित भइरहेको हुन्छ । यी विविध आयाममा नारीमाथि हुने शारीरिक, मानसिक र भावनात्मक यातनालाई नारीवादी अध्ययनले नारी उत्पीडनका रूपमा हेर्न सकिने आधार दिन्छ । सोही आधारमा हुँदा अध्ययनलाई नारी उत्पीडन र साहित्यको नाट्यविधासँग सम्बन्धित अन्तरविषयक अध्ययनका रूपमा प्रस्तुत गरिएको छ । नारीले भोग्नु परेका विभिन्न किसिमका उत्पीडनमध्ये मूलतः सामाजिक–सांस्कृतिक उत्पीडनको केन्द्रीयतामा यशोधरा नाटकको अध्ययन विश्लेषण गरी निष्कर्षण गरिएको छ ।