एक रात कथामा अन्तर्विषयकता
DOI:
https://doi.org/10.3126/pb.v8i15.93174Keywords:
अन्तर्घुलन, ऐतिहासिक, निरङ्कुश, बलिदान, मनोद्वन्द्वAbstract
प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको एक रात कथामा प्रयुक्त अन्तर्विषयकताको अध्ययन गरिएको छ । कोइरालाको श्वेतभैरवी कथासङ्ग्रहमा सङ्कलित एक रात कथामा अन्तर्विषयकता कसरी अभिव्यक्त भएको छ भन्ने देखाउनु नै यस अनुसन्धानात्मक लेखको उद्देश्य हो । यसमा बाउर्लिनको अन्तर्विषयकतासम्बन्धी मान्यतालाई कृतिविश्लेषणको मुख्य आधार बनाइएको छ । कथाकार कोइरालाले किशोरमार्फत् एक रात कथामा राजनैतिक र मनोवैज्ञानिक अन्तर्विषयकतालाई उपयोग गरी आफू बाँचेको युगको शासकका विरुद्धमा क्रान्तिको आवाज उठाएका मात्र छैनन्, राजनैतिक परिवर्तनको आवश्यकतासमेत औँल्याएका छन् । यस लेखमा अन्तर्विषयकताको प्रयोगले कथाकार कोइरालाको एक रात कथा बौद्धिक, स्तरीय र बहुआयामिक बन्नपुगेको निष्कर्ष निकालिएको छ ।