‘रानीघाट’ कथासङ्ग्रहमा मनोचिन्तन

Authors

  • Nawaraj Rijal

DOI:

https://doi.org/10.3126/pb.v8i15.93175

Keywords:

प्रतिशोध, खडेरी, विश्वास, आश्चर्य, आरम्भ, विगत

Abstract

रानीघाट विश्वराज अधिकारीद्वारा लिखित कथा सङ्ग्रहको नाम हो । यस सङ्ग्रहभित्र सामाजिक विषयवस्तु र नेपाली मानसिकता समेटिएका कथाहरू सङ्गृहित छन् । यी कथाले हाम्रो मनोचिन्तन र सामाजिक विकृति, विसङ्गति केलाएका छन् । कृतिको नाम नै रानीघाट भए पनि रानीघाट शीर्षकको कुनै पनि कथा यहाँ समावेश गरिएको छैन । सङ्ग्रह रानीघाटभित्र विभिन्न भाव र शैलीका एघार कथा छन् । कथामा प्रेम वा प्रितीका प्रसङ्ग छन् । प्रेमबाट जीवन टाढा नहुने लेखकको ठहर छ । प्रेम वा प्रेमभन्दा कथाको बाटो अन्त जान सकेको छैन । कतै प्रेमका प्रारम्भिक झलक छन् त कतै वृद्धावस्थामा पुगेपछि आँखामा आएका सम्झना छन् । प्रेमले कहिल्यै र कुनै अवस्थामा पनि नछोड्ने कथाकारको दृष्टान्त छ । प्रेमभन्दा जीवन टाढा छैन यो यथार्थ हो तर यसो भन्दैमा यौन जीवनभन्दा जीवनलनई अलिकति पनि टाढा राखेर हेर्न सकिँदैन । अधिकांश कथामा तराईका जनजीवन र पात्रहरूको उपस्थिति छ । तराईमा जन्मेर त्यहीँ हुर्किबढेका उनको लवजमा भोजपुरीको प्रभाव छ । संस्मरणात्मक शैलीमा लेखिएका यी कथाले पाठकलाई पचास अघिको वीरगञ्ज पुर्याउँछन् । प्रेम गर्ने तौरतरिका पनि सिकाउँछन् । आमसञ्चार नभएको त्यो समयमा सञ्चारको काम कसरी गरिन्थ्यो तौरतरिका बताइएको छ । संस्मरणमूलक यी कथाले पाठकहरूलाई पचास वर्ष अघिको वीरगञ्ज पुर्याउँछन् । वस्तुस्थिति अवगत गराउँछन्, जीवनका आरोह÷अवरोह देखाउँछन् । वक्ताहरूको प्रेम, सद्भाव समर्पण भावले भाषाको उन्नति हुने हो । सामाजिक कथावस्तुमा निम्नमध्यम वर्गका पात्रका प्रयोगद्वारा रानीघाट कथासङ्ग्रहका कथामा पारिवारिक, सामाचिक मनोचिन्तनको प्रयोग भएको छ भन्ने सार निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
pdf (Nepali)
11

Downloads

Published

2026-04-21

How to Cite

Rijal, N. (2026). ‘रानीघाट’ कथासङ्ग्रहमा मनोचिन्तन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 48–53. https://doi.org/10.3126/pb.v8i15.93175

Issue

Section

Articles