मोदिआइन उपन्यासमा मिथकीय विषयवस्तु

Authors

  • Badri Prasad Dhakal

DOI:

https://doi.org/10.3126/pb.v8i15.93176

Keywords:

मिथकीय विषय, उपजीव्य, युद्धउत्तर, पुनर्व्याख्या, मानवतावाद

Abstract

उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला मिथकीय धाराका उपन्यासकार हुन् । उनको मोदिआइन महाभारतको मिथक कथालाई उपजीव्य बनाएर रचिएको उपन्यास हो । यस उपन्यासको मुख्य विषय महाभारतमा रहेको पाण्डव र कौरवको विवाद, तिनका बिचमा भएको भीषण युद्ध र त्यो युद्धमा कृष्ण र अर्जुनले निर्वाह गरेको भूमिकाको प्रसङ्गसहित युद्ध र युद्धउत्तर कथाको समष्टि कथाको विषयवस्तु हो । यिनै घटनाहरूसँग सन्दर्भित गरेर उस उपन्यासमा नारी मनोदशा र तिनको अवस्थालाई चित्रित गरिएको छ । यति भएर पनि महाभारतकालीन नारीहरूले विभिन्न युगमा प्रेतात्मा रूप धारण गरेको, कृष्णले विराट स्वरूप लिएको यस्तो स्वरूप देखेर अर्जुन युद्धका लागि तम्तयार भएको भन्ने जस्ता घटना र प्रसङ्गहरूले उपन्यासको कथावस्तुलाई अघि बढाएका छन् । लघु संरचनामन बहुल पात्रको प्रयोग उपन्यासको विशेषता बनेर आएको छ । यसमा मिथक भित्र मिथक बाहिरका गरी दुवै प्रकारका पात्रहरूको प्रयोग भएको छ । कृष्ण, अर्जुन, युधिष्ठिर, दुर्योधन, भीम, द्रौपदी, दुःशासन, द्रुपद,विराट, सात्यकि आदि थुप्रै पात्रहरू मिथकका पात्रहरू हुन् । नारी मिथकमा उल्लिखित पात्र नभए पनि उसले महाभारतकालीन नारीकै प्रतिनिधित्व गरेकी छ भने ‘मोदिआइन’लाई महाभारतकी नारीकै पुनर्जन्मका रूपमा देखाइएको छ । त्यसैले नारी र मोदिआइन मिथकसँग सम्बन्धित पात्रका रूपमा देखापरेका छन् । म पात्र, मिसिरजी, मोदी आदि मिथक बाहिरका पात्रहरू हुन् । मूल रूपमा उपन्यासले महाभारतमा रहेको पाण्डव र कौरवको मिथकबाट हिंसा विरोधी र मानवतावादी विचारलाई प्रक्षेपण गरेको विषयलाई मिथकीय विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ भन्ने निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
pdf (Nepali)
2

Downloads

Published

2026-04-21

How to Cite

Dhakal, B. P. (2026). मोदिआइन उपन्यासमा मिथकीय विषयवस्तु . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 54–65. https://doi.org/10.3126/pb.v8i15.93176

Issue

Section

Articles