प्रमोद प्रधानका कवितामा युगबोध
DOI:
https://doi.org/10.3126/pb.v8i15.93177Keywords:
युगबोध, प्रतिरोध, अस्तित्वचेतना, बिम्बालङ्कार, दस्तावेजAbstract
प्रस्तुत लेख प्रमोद प्रधानका कवितामा प्रतिबिम्बित युगीन परिवेशको अभिव्यक्तिलाई केलाउने सन्दर्भमा केन्द्रित छ । साहित्यिक सिर्जना स्रष्टा बाँचेको युगको प्रतिच्छाया हो । स्रष्टाले भोगेको सामाजिक, राजनीतिक आर्थिक तथा सांस्कृतिक यथार्थको संवेदनशील चेतनाबाट उसको रचना सिञ्चित भएको हुन्छ । कुनै निश्चित ऐतिहासिक कालखण्डमा मानिसलाई भएको सामूहिक अनुभूतिको चेतनात्मक प्रतिफल नै युगबोध हो । समाजभित्र विद्यमान विविधता अन्तरसङ्घर्ष र परिवर्तनको गतिले स्रष्टाको चेतनालाई प्रभावित पार्छ र त्यसको कलात्मक अभिव्यक्ति सिर्जनामा प्रकट हुन्छ । यही तथ्यलाई आधार मानेर प्रमोद प्रधानका कवितामा अभिव्यक्त युगबोधको निरूपण गर्नुपर्ने मूल समस्याको समाधान गर्ने प्रयास यस आलेखमा गरिएको छ । यस क्रममा उनका कवितामा समकालीन नेपाली समाजको सामाजिक, राजनीतिक, आर्थिक र अस्तित्वगत चेतनाको महत्त्वपूर्ण अभिव्यक्ति पाइएको छ । साथै उनका कविताका भाषाशैली एवं बिम्बअलङ्कारको प्रयोगमा तत्कालीन नेपाली समाजको सामाजिक, राजनीतिक, ऐतिहासिक, आर्थिक तथा विविध सन्दर्भहरू प्रतिबिम्बित भएको तथ्य पनि फेला परेका छन् । यसै क्रममा प्रमोद प्रधानका कविता–रचनाहरूले युगीन जीवन जगत्का निजी अनुभूतिलाई वैयक्तिक सीमाबाट बाहिर निकालेर सामाजिक उत्तरदायित्व र मानवीय चिन्तनको साझा धरातलमा उभ्याएको तथ्य निष्कर्ष स्वरूप प्रस्तुत गरिएको छ ।