छविलाल पोखरेलकृत ‘कौमुदीसार’ ग्रन्थका उत्तर्राद्ध प्रकरणहरूको संरचनात्मक समीक्षा

Authors

  • Mati Prasad Dhakal

Keywords:

कौमुदी, प्रकरण, वार्तिक, संशोधन, सूत्र

Abstract

पाणिनीय व्याकरणको नव्यव्याकरण परम्पराका तीनवटै महत्त्वपूर्ण कौमुदीग्रन्थको सार खिचेर लघुसिद्धान्तकौमुदीका ढाँचामा नेपाली विद्वान् छविलाल पोख्रेलद्वारा वि.सं. २०२० मा प्रकाशनमा ल्याइएको ‘कौमुदीसार’ ग्रन्थका संज्ञादेखि लकारार्थसम्मका पूर्वार्द्धगत प्रकरणका समीक्षात्मक अध्ययन गरिएको पाइए पनि कृत्यदेखि स्त्रीप्रत्ययसम्मका उत्तराद्र्धगत प्रकरणका बारेमा हालसम्म पृथक् रूपमा अध्ययन एवम् अनुसन्धान नभएकाले सोको परिपूर्ति गर्ने उद्देश्यले तुलनात्मक विधिबाट यस लेखमा कौमुदीसार र लघुसिद्धान्तकौमुदीका उत्तराद्र्धगत प्रकरणमा रहेका सूत्र र वार्तिकको संरचनात्मक विश्लेषण गरिएको छ । दुवै ग्रन्थका अधिकांश सूत्र र वार्तिकको संरचनामा समानता भेटिए पनि लघुसिद्धान्तकौमुदीमा पढिएका १२४ सूत्र र २८ वार्तिक कौमुदीसारका सम्बद्ध प्रकरणमा भेटिँदैनन् भने लघुसिद्धान्तकौमुदीमा नपढिएका ९९ नयाँ सूत्र र २५ नयाँ वार्तिकको अध्ययन कौमुदीसारका सम्बद्ध प्रकरणमा गरिएको पाइएकाले सूत्र र वार्तिकको संरचनाका दृष्टिले कौमुदीसारको पृथक् वैशिष्ट्य रहेको छ । लेखक स्वयंले हस्तलिखित रूपमा संशोधन गरेका र संशोधन गर्न छुट भएका उत्तरार्द्ध प्रकरणगत संशोधनीय स्थलहरूको अध्ययनलाई समेत यसमा समेटिएको छ ।

Abstract
59
pdf (Nepali)
0

Downloads

Published

2026-04-21

How to Cite

छविलाल पोखरेलकृत ‘कौमुदीसार’ ग्रन्थका उत्तर्राद्ध प्रकरणहरूको संरचनात्मक समीक्षा . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 86-94. https://doi.org/10.3126/pb.v8i15.93179

Issue

Section

Articles

How to Cite

छविलाल पोखरेलकृत ‘कौमुदीसार’ ग्रन्थका उत्तर्राद्ध प्रकरणहरूको संरचनात्मक समीक्षा . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 86-94. https://doi.org/10.3126/pb.v8i15.93179