पारिजातको ‘नैकापे सर्किनी’ कथामा नारी उत्पीडन
DOI:
https://doi.org/10.3126/pb.v8i15.93218Keywords:
पितृसत्ता, पुरुषत्व, लैङ्गिकता, साङ्गठानिक, सशक्तीकरण, समन्यायिकAbstract
प्रस्तुत आलेख पारिजातद्वारा लिखित ‘नैकापे सर्किनी’ कथामा नारीका दुःख, पीडा, सङ्घर्ष, असुरक्षा, आदि उत्पीडनको विश्लेषण गरिएको छ । यसले समाजमा आर्थिक अवस्था कमजोर भएका श्रमजीवी नारीहरू पुरुषको पुरुषत्वका कारण उत्पीडनका पर्न विवश पक्षको विश्लेषण गरिएको छ । यस आलेख तयार पार्नका लागि पुस्तकालयीय प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ । ‘नैकापे सर्किनी’ कथामा पुरुष प्रधान नेपाली समाजमा अपाङ्ग पुरुष पनि पुरुषत्वका आडमा श्रीमतीप्रति दमन गर्छ भने अर्कोतर्फ निम्न वर्गीय, जातीय, कमजोर, साहारा नभएको नारीमाथि पितृसत्ता र प्रभुत्वले पारेको प्रभावलाई स्पष्ट देखाउनु यस आलेखको उद्देश्य रहेको छ । नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकमा ‘प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ ।’ भनी व्यवस्था गरेको छ । महिला र पुरुषसँगसँगै हातेमालो गरेर एकअर्काका सारथी भएर अघि बढेमा मात्र घर, परिवार, समाज आदिमा सुखमय, शान्तमय, समन्यायिक सुन्दर समाजको निर्माण हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।