नेपाल–भारत ‘विशेष सम्बन्ध’ (वि.सं.२००७–२०११)
Keywords:
पैठारी, भगौडा, अखण्डता, कसिङ्गर, जहानीयाँ, कूटनीतिकAbstract
नेपालमा प्रजातन्त्र ल्याउन भारतले राणाहरूको विरुद्धमा राजा र राजनीतिक पार्टीहरूलाई शासनमा पु¥याएर त्यसको अभिभावकत्व लिएको वि.सं.२००७ देखि वि.सं.२०११ सम्मको अवधिलाई ‘विशेष सम्बन्ध’ भनिन्छ । नेपाल–भारत विशेष सम्बन्ध भनेको ऐतिहासिक, रोटीवेटी, धार्मिक, भाषागत, सांस्कृतिक, शैक्षिक भौगोलिक, आर्थिक र जनता–जनताको बीचमा अत्यन्त घनिष्ठ सम्बन्ध हो । यसलाई असमान सम्बन्धका रूपमा कसैले बाहिरी रुपमा कहिल्यै भनेनन् । यो लेख गुणात्मक प्रबृत्तिका सूचनाहरू सङ्कलन गरी व्याख्यात्मक र विश्लेषणात्मक विधि अपनाएर तयार गरिएको छ । भारतले नेपाली शासकलाई शासन चलाउन सिकाएजस्तो गरेर विशेष सम्बन्ध राखेको थियो । नेपाली सेनालाई दक्ष बनाउन भारतीय सेनाको मिशन नेपाल आउनु र सन् १९५४ को मे १ मा नेपालले तिब्बत र चीनसंगको सम्बन्धको विषयमा भारत सरकारसँग विशेष राय लिनेछ भन्नुले यसको पुष्टि गर्छ । भारतमा गोर्खाली शैनिकको भूमिका र चीनले तिब्बत पछि नेपाल तर्फ आँखा लगाए आफू असुरक्षित हुनेदेखि उसको सुरक्षाका लागि भारतले नेपालसँग विशेष सम्बन्ध राखेको थियो । राजा त्रिभुवनको मृत्युपछि विस्तारै विशेष सम्बन्ध भन्न छोडियो ।