थेरवाद बौद्धधर्ममा वर्षावास ः महत्व र औचित्य

Authors

  • Uddhab Puri Central Department of History, Tribhuvan University

Keywords:

महापरिनिर्वाण, थेरवाद, वर्षावास, विनय, त्रिपिटक

Abstract

बुद्धको महापरिनिर्वाणको केही समयपछि बुद्धवचनलाई पाली त्रिपिटक अनुसर मान्नेहरू थेरवाद र अरुहरू  महायान बौद्ध परम्परामा रहे । थेरवादीहरू आफूलाई बुद्धको सच्चा वा वास्तविक अनुयायी मान्दै बुद्धकालदेखिकै परम्परा र विधिलाई पालना गर्दछन् । यस्तै भिक्षु र भिक्षुणीले मान्नै पर्ने एक परम्परा वर्षावास पनि हो । उनीहरू वर्षातको समय तीन महिना विनय अनुसार एकै स्थान वा विहारमामात्रै बस्दछन् भने दैनिक रूपमा उपासक र उपासिकाहरूबाट सहयोग भैरहेको हुन्छ । बढी वर्षको वर्षावास बौद्धसंघमा जेष्ठता वा गुरु बन्ने वा मान्ने विषयसँग जोडिन्छ भने यो बुद्ध देशना र अध्ययनको अर्को अवसर हो । जसलाई विनय पिटक अनुसार व्यवस्थापन गर्नुपर्दछ । यस अध्ययनका लागि गुणात्मक ढाँचामा प्राथमिक र द्धितीय स्रोत सामाग्रीहरूको संङकलन पुस्तकालय, अन्र्तवार्ता र विहार अवलोकन विधिका माध्यमबाट गरिएको छ । प्राप्त विषयवस्तुलाई प्राथमिकतामा राख्दै अधिकमात्रामा सहायक वा द्धितीय स्रोतहरूको उपयोग गरी गुणात्मक र वर्णनात्मक वा विश्लेषणात्मक विधिमा अध्ययनलेखन सम्पन्न गरिएको छ । जसले थेरवाद बौद्ध परम्परामा वर्षावास, भिक्षु, गुरुमा, उपासक र उपासिकाहरूका लागि जेष्ठता, बौद्ध अध्ययन, ध्यान, आत्मशुद्धि र साधनाको लागि यो विशेष अवसर हो भन्ने महत्व र औचित्यको प्रमाणित रूपमा उजागर गरेको छ । 

Abstract
40
pdf (Nepali)
58

Author Biography

Uddhab Puri, Central Department of History, Tribhuvan University

 Associate professor

Downloads

Published

2026-08-25

Issue

Section

Articles

How to Cite

Puri, U. . (2026). थेरवाद बौद्धधर्ममा वर्षावास ः महत्व र औचित्य. Voice of History, 34(1), 21-33. https://doi.org/10.3126/voh.v34i1.99296