सामवेदमा शास्त्रीय संगीतको स्वरूप

Authors

  • Anju Chandel Upreti त्रिभुवन विश्वविद्यालय, ललितकला केन्द्रीय विभाग

Keywords:

वैदिक काल, सामवेद ऋग्वेद, उपनिषद्, नारदीय, याज्ञवल्क्य, माण्डुकीशिक्षा

Abstract

वैदिक काललाई सबभन्दा प्राचीन र सुसम्बद्ध संगीतको काल भनिएको छ । यो युग संगीतको दृष्टिकोणले धेरै पवित्र युग मानिएको हो, वैदिक संगीतको कालको निर्माण वेदकै कालबाट प्राप्त हुन्छ  संगीतको सम्बन्ध सामवेदसँग छ, तर संगीत विषयक सामग्री ऋग्वेदमा पनि प्राप्त हुन्छ । ऋग्वेदको संगीत सामग्रीबाट यो ज्ञात हुन्छ कि संगीतको विकास पुरातन कालमा नै संगीत सम्बन्धि धेरै विकास भैसकेको थियो, बैदिक कालमा तन्त्रवाद्यको धेरै निर्माण भई सकेको थियो । गायन विधाको साथ–साथ वादन संगीतको पनि महŒवपूर्ण स्थान प्राप्त थियो संगीत विधाको कुने पनि पक्षको अध्ययन वैदिक संगीतको विना पूर्ण हुनै सक्दैन । “वैदिक युग भारतीय सांस्कृतिक इतिहासको प्राचीनतम् युग भएको  कुरा  विद्वान्हरूले बताएका अनुसार यो युगको प्रारम्भ ई.पू. ६००० देखि ई.पू. ८०० सम्ममा मानिएको हो ।” वैदिक युगमा नै चारवेदको निर्माण भएको थियो । संसारको समस्त ज्ञान–विज्ञान, हर समस्याको समाधान वेदमा छ, चाहे त्यो चिकित्सा हो, कलाको क्षेत्र अथवा टेक्नोलोजी, भूमण्डलीकरण हो या राजनीति, सबैकुराको विस्तार वेदमा प्राप्त हुन्छ । नाद उपासनाको लागि शास्त्रीय संगीत परम्परा वैदिककालीन सामगानबाट प्रारम्भ भएर आजको परिवेशसम्म आइपुगेको छ ।

वैदिक संगीत यज्ञवेदीको चारैतर्फ उच्चारित मन्त्रबाट उत्पन्न तर वैदिककाल र संहिताकालसम्म वीणा वादन सामगानको संगीत र गान प्रस्तुति गर्नका लागि हुन्थ्यो । वैदिककालमा सामगानको विशिष्ट पद्धति तथा त्यसको आफ्नो प्रक्रिया थियो ।

ऋक्, साम, यजु र अर्थव वेदमध्ये सामवेद पूर्णतः संगीतमय रहेको छ । वैदिक तीन स्वर उदात्त अनुदात्त र स्वरित मूल स्वर हुन् । यी तीन स्वरको आधारमा सात स्वरको विस्तार भएको हो । यसपछि निर्माण भएको चार उपवेदमध्ये गान्धर्व वेद संगीत कलाको मूलभूत आधार मध्य एक हो । नारदीयशिक्षा, याज्ञवल्क्यशिक्षा र माण्डुकीशिक्षाहरूमा पनि संगीत विषयमा विस्तृत चर्चा गरिएको छ । सामवेदलाई प्राचीन संगीतको दृष्टिले एउटा विशिष्ट स्थान प्राप्त छ । सामवेद यस्तो ग्रन्थ हो जसको सांगीतिक सरिताको प्रवाह अनादिकालदेखि दृश्य स्वरूप हामीमाँझ प्रस्तुत छ ।

प्रस्तुत अनुसन्धान आलेख “सामवेदमा शास्त्रीय संगीतको स्वरूप”मा वैदिक र यस कालमा रचित वेदहरूमध्ये सामवेदमा शास्त्रीय संगीतका स्वर र वाद्यको बारेमा वर्णनात्मक रूपले प्रष्ट पार्न खोजिएको हो । यस अध्ययनबाट जो कोही संगीत जिज्ञासुलाई वैदिक कालीन सामवेदमा प्रस्तुत संगीतलाई जानकारी प्राप्त गर्न सक्छ ।

Abstract
191
PDF
0

Author Biography

Anju Chandel Upreti , त्रिभुवन विश्वविद्यालय, ललितकला केन्द्रीय विभाग

उपप्राध्यापक

Downloads

Published

2025-07-16

How to Cite

सामवेदमा शास्त्रीय संगीतको स्वरूप. (2025). Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 1-15. https://doi.org/10.3126/abspa.v3i1.81768

Issue

Section

Research Articles

How to Cite

सामवेदमा शास्त्रीय संगीतको स्वरूप. (2025). Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 1-15. https://doi.org/10.3126/abspa.v3i1.81768