नेपाली राष्ट्रिय वाद्ययन्त्र मादलः एक अध्ययन

Authors

  • Nagendra Prasad Neupane त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मी क्याम्पस

DOI:

https://doi.org/10.3126/abspa.v3i1.81772

Keywords:

मादल, झ्याउरे, चुड्का, ख्याली, समला, सोरठी, टप्पा

Abstract

नेपालमा बसोबास गर्ने विभिन्न जात जातिहरूले सांस्कृतिक परम्पराको रूपमा जन्मेदेखि मृत्युसम्म अपनाउने विभिन्न चाडपर्वहरूमा प्रचलित लोकगीत तथा धुनहरूमा बजाइने मादल लोकप्रिय वाध्य हो । नेपाली लोकगीत तथा भाकाहरूलाई समयभित्र अड्याएर निश्चित गतिमा प्रवाह गर्ने मादल नेपालमै निर्मित सांस्कृतिक प्रतीकका रूपमा चर्चित एक प्रसिद्व मौलिक ताल बाजा पनि हो । अधिकांश नेपाली गीत तथा सङ्गीत र धुनहरूको साथै विदेशी सङ्गीतमा समेत मादलको प्रयोग ब्यापक छ । त्यसैले नेपाली सङ्गीतमा मात्र नभएर विदेशी सङ्गीतमा समेत मादलको महत्वपूर्ण स्थान छ । नेपाली लोक गीत सङ्गीत र धुनहरूमा मादलका विभिन्न तालहरू बज्ने र बजाइने गरिन्छ । यस परिपेक्ष्यमा यो अनुसन्धान नेपालमा प्रचलित लोकबाजा के कस्ता छन् ? मादल बाजाको बनोट तथा निर्माण प्रक्रिया के कस्तो छ ? मादलको बोल र बोल बादन गर्ने तरिका वा नियम के कस्तो छ ? मादलमा बजाइने प्रचलित तालहरूको अवस्था, प्रकिया र बोल के कस्तो छ ? यी तालहरू नेपालको कुन भेग र स्थानमा प्रचलित छन् ? भन्ने बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ । यस लेखबाट हाम्रो सांस्कृतिक धरोहरको रूपमा रहेको मादलको विविध बोल र यसमा प्रचलित विभिन्न तालहरूको बारेमा पाठक वर्गलाई विस्तृत ज्ञान हासिल हुनेछ । यसका बारेमा ब्याख्यात्मक एवं विश्लेषणात्मक रूपमा उठाइएका कुराले समाज र साङ्गीतिक क्षेत्रमा रहेको कौतुहलता, उत्सुकता र जिज्ञासालाई मेटाउने छ ।

Downloads

Download data is not yet available.
Abstract
95
PDF
44

Author Biography

Nagendra Prasad Neupane, त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2025-07-16

How to Cite

Neupane, N. P. (2025). नेपाली राष्ट्रिय वाद्ययन्त्र मादलः एक अध्ययन. Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 36–52. https://doi.org/10.3126/abspa.v3i1.81772

Issue

Section

Research Articles