शास्त्रीय संगीत : लैंगिक दृष्टिकोण

Authors

  • Bimala Kumari Das नेपाल सरकार राष्ट्रिय योजना आयोग

Keywords:

वाद्य, लैंगिक, पितृसत्ता, पुरुषवादी, महिलावादी, रंजक सीपमूलक, षाडव, औडव, सशक्तिकरण, सबलीकरण

Abstract

संगीत कला मनलाई रंजित वा आनन्द दिने कला हो । संगीत मानव सभ्यताको अभिन्न अंग हो, जुन ध्वनि, लय, स्वर र  तालको समागम वा संयोजन हो । लय, ताल, श्रुति, नाद हुँदै स्वरहरू मिलेर थाट अनि रागको स्वरूपको निर्माण हुुन्छ । यही स्वरहरू नाप्ने विधि ताल र सांगितिक समयको समान चाल वा गति भनिने लयले संगीतलाई एउटा निश्चित रूपरे खामा अनुशासित गरी रंजक प्रदान गर्छ । यस विधामा संगीतको त्रिवेणी कहलिएका गायनकला, वाद्यवादनकला र नृत्यकलाको संगम रहेको छ । संगीत मानव जीवनका लागि अपरिहार्य हो । यो भावना व्यक्त गर्ने माध्यम हो जसमा अन्तर्मनले सोचेको सृजनात्मक प्रस्तुति मार्फत् संगीतमय वातावरण सिर्जना गरी श्रोतालाई आनन्दित बनाउँछ भने अर्कोतिर, कलाकार आर्फैँं पनि एक प्रकारको आत्मिक संतुष्टि, मानसिक शान्ति, तनाव मुक्त, एकाग्रता एवं वैभवताको अनुभूति गर्दछ । प्रकृतिसँग नजिकिएर संगीतमय वातावरण सिर्जना गर्न होस् वा यस सृजनात्मक कलाको विकासमा महिला, पुरुष, यौनिक अल्पसंख्यक वर्ग,  शारीरिक अपागंतासहित सबै  जात जाति, धर्म, वर्ग, संस्कृति आदिको ठुुलो यो गदान रहेको छ । लैंगिक दृष्टिकोणले नेपालमा संगीतको प्रकारजस्तै लोकगीत, शास्त्रीय संगीतको अवस्था, लैंगिक  समानताका लागि सहजता वा असहजतामा के कस्ता अवस्था रहेको छ भन्ने विश्लेषण गरिएको छ । पितृसत्तामा आधारित गुरु शिष्य परम्परामा महिला, तथा अन्य वर्गहरूलाई सिक्न, सिकाउन देखिएका अप्ठ्याराहरूलाई केलाएर प्रस्तुत गर्नु  यस लेखनको उद्येश्य रहेको छ । असमान यस अनुसन्धानात्मक लेखनको प्रयासले नेपालको सन्दर्भमा परापू र्वकालदेखि चल्दै आई रहेको परम्परागत अव्यवहारिक परिपाटीमा तार्किकताका साथ  संवैधानिक र कानुुुुनी संरचना बारे बुझन सहायक हुनेछ भन्ने आशा राखेकी छु ।

Abstract
141
PDF
0

Author Biography

Bimala Kumari Das, नेपाल सरकार राष्ट्रिय योजना आयोग

परामर्शदाता

Downloads

Published

2025-07-16

How to Cite

शास्त्रीय संगीत : लैंगिक दृष्टिकोण. (2025). Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 53-61. https://doi.org/10.3126/abspa.v3i1.81774

Issue

Section

Research Articles

How to Cite

शास्त्रीय संगीत : लैंगिक दृष्टिकोण. (2025). Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 53-61. https://doi.org/10.3126/abspa.v3i1.81774