‘नासो’ कथामा रस विधान

Authors

DOI:

https://doi.org/10.3126/academia.v4i2.82975

Keywords:

वैचित्य, शिल्प, विधातात्विक, विभाव, रौद्र, शृङ्गारिक, सहृदय

Abstract

प्रस्तुत अध्ययन कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘नासो’ कथासङ्ग्रहभित्र राखिएको ‘नासो’ कथामा रस विधानको अध्ययन विश्लेषणमा केन्द्रित छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथामा रसको प्रयोग रस सिद्धान्तका आधारमा केलाउनु यसको मूल उद्देश्य रहेको छ । पूर्वीय साहित्य सिद्धान्तमा आधारित भएर यस अध्ययनलाई भरतको रस सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । कथामा प्रयुक्त भनाइको गाम्भीर्यता र रसको सङ्गठनलाई उक्ति वैचित्यका आाधारमा अध्ययनको केन्दविन्दु बनाइएको छ । नेपाली ग्रामीण समाजका निम्न वर्गीय मानिसहरुको जीवन भोगाइलाई देवीरमण, शुभद्रा र लक्ष्मीका माध्यमबाट दैखाउँदै सामाजिक यथार्थवादलाई अभिव्यक्त गरिएको छ । यस कथामा प्रमुख रुपमा करुण र गौण प्रयोका रुपमा रौद्र रसको प्रयोगको अवस्थाको विश्लेषण गरिएको छ । यो लेख गुणात्मक अध्ययनमा आधारित छ । पुस्तकालयीय कार्यबाट सामग्रीको अध्ययन विश्लेषण गरिएको यस लेखमा विशेष गरी ‘नासो’ कथामा रस विधानको पहिचानलाई मूल आधार बनाइएको छ । समग्रमा यस अध्ययनमा ‘नासो’ कथामा रस विधानका दृष्टिकोणले करुण र रौद्र रसको प्रयोगको अवस्था के कस्तो रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF (नेपाली)
40

Published

2025-08-12

How to Cite

Poudel, G. (2025). ‘नासो’ कथामा रस विधान. Academia Research Journal, 4(2), 213–219. https://doi.org/10.3126/academia.v4i2.82975

Issue

Section

Articles