पुस्तकालय र यसको प्रयोजन तथा उपयोगिता
DOI:
https://doi.org/10.3126/academia.v4i2.82978Keywords:
पुस्तकालय, उपयोगिता, डिजिटल, ई–पुस्तकालय, सामाजिकीकरणAbstract
ठुलो समूहमा पुस्तकहरू तस्बिरहरू र चित्र वा तस्बिरसमेत संयोजन गरी राखिएका पुस्तकालयमा प्रकृति, ब्रह्माण्ड, वनस्पति, मानवशरीर, मानवका ज्ञान, सिप, अनुभव, संस्कार एवं संस्कृति आदिको प्रसार गर्ने र पुस्तौँपुस्ता हस्तान्तरण गर्ने माध्यम पुस्तकालय हो । परम्परागत पुस्तकालय हुँदै वर्तमान समयमा ई–पुस्तकालय वा डिजिटल पुस्तकालय र डिजिटल पुस्तकसम्मको सुदीर्घ परम्परामा पुस्तकालयले ज्ञानको प्रसार गर्दै आएको छ । प्रस्तुत अध्ययन यसै विषयमा केन्द्रित रही शिक्षा र ज्ञानप्राप्ति तथा प्रसारको महत्त्वपूर्ण माध्यम पुस्तकालयको परिचय, नेपालमा पुस्तकालयको अवस्था, आदर्श पुस्तकालय, पुस्तकालयको प्रयोजन र उपयोगितासित सम्बन्धित छ । यसमा पुस्तकालयको परिचयात्मक अध्ययन, प्रकार, नेपालमा पुस्तकालयको विकास र अवस्था तथा आदर्श पुस्तकालय कस्तो हुनुपर्छ भन्ने अध्ययनका साथै पुस्तकालयको उपादेयता र प्रयोजनसम्बन्धी अध्ययन गरिएको छ । अध्ययनका क्राममा शाब्दिकरूपमा रहेका असाङ्ख्यिक तथ्यहरूलाई सङ्कलन गरी गुणात्मक अनुसन्धानात्मक ढाँचाको प्रयोग गरी पुस्तकालयीय विधिद्वारा निष्कर्ष निकालिएको छ । औपचारिक शिक्षा वा ज्ञानको क्रमबद्ध र नियमित शृङ्खला भए पनि औपचारिक शिक्षासँगै वा बाहेक पुस्तकालयबाट आप्mनो ज्ञानको अभिव्यक्ति गरी व्यक्तित्व निर्माण गर्ने महत्त्वपूर्ण शैक्षिकस्थलका रूपमा पुस्तकालय रहेको छ । नेपालमा मकैको खेती पर्व र पुस्तकालय पर्व पुस्तकालयसम्बन्धी चेतना जगाउने घटना हुन् भन्ने यस अध्ययनमा देखाइएको छ । विभिन्न प्रकारका पुस्तकालय हुँदै हाल ई–पुस्तकालयको उपयोगितासमेत पुस्तकालय अध्ययन र ज्ञानप्राप्ति, खोजअनुसन्धान, सामजिकीकरण, सूचनामा पहुँच तथा मनोरञ्जनसमेतको लागि आवश्यक रहेको र पुस्तक पाठकका लागि हुन्छन्, प्रत्येक पाठकले आप्mनो आवश्यकताको पुस्तक पाउनुपर्छ र प्रत्येक पुस्तकले आप्नो पाठक पाउनुपर्छ, पाठकको समय बचाउने पुस्तकालय उन्नतशील शैक्षिक संस्था हो भन्ने यस अधययनको निष्कर्ष रहेको छ ।