मुक्त कमलरी महिलाहरूको संगठित प्रयासबाट आर्थिक सशक्तीकरणदेखि नीतिगत परिवर्तनसम्म : बर्दिया जिल्लामा कमैया महिला जागरण समाज नेपालको भूमिका
DOI:
https://doi.org/10.3126/academia.v5i1.89191Keywords:
पूर्खा, बुक्रही, भुमिपति, ज्यादती, ऋणदाता, कमैया महिला, जनसंगठनAbstract
नेपालको तराई क्षेत्रमा दशकौंसम्म चल्दै आएको कमलरी प्रथा उन्मुलन घोषणा भएपछि पनि प्रभावित महिलाहरूले सामाजिक, आर्थिक र राजनीतिक रूपमा पुनस्र्थापना पाउन निकै चुनौतीपूर्ण रह्यो । यो अध्ययनले बर्दिया जिल्लामा मुक्त कमलरी महिलाहरूले आफैं गठन गरेको कमैया महिला जगारण समाज नेपाल नामक संस्थाले आर्थिक सशक्तीकरण, शिक्षा, विपद् व्यवस्थापन, नीति निर्माण र सामुदायिक नेतृत्व विकासमा कसरी योगदान पु¥यायो भन्ने विषयलाई केन्द्रमा राखेर गरेको छ । संस्थाले मुक्त कमलरी महिलालाई मात्र होइन, उनीहरूका परिवार र समुदायलाई समेत सकारात्मक प्रभाव पार्दै नीतिगत परिवर्तनसम्म पु¥याएको यात्रालाई विश्लेषण गरिएको छ । यो अध्ययन गुणात्मक प्रकृतिको छ । मुख्य रूपमा संस्थाको आन्तरिक दस्तावेज, सरकारी नीति÷कानुन, वार्षिक प्रतिवेदन, बैठकका निर्णयहरू र संस्थाका पदाधिकारी÷सदस्यहरूसँगको गहन अन्तर्वार्ता तथा फोकस ग्रुप छलफललाई आधार बनाइएको छ । बर्दिया जिल्लाका बढैयाता गाउँपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका केही वडा तथा बस्तीहरूमा प्रत्यक्ष अवलोकन र तथ्यांक संकलन गरिएको छ । द्वितीयक स्रोतका रूपमा नेपाल सरकारका कानुन (जस्तैः कमलरी श्रम उन्मूलन ऐन, २०६४), पुनस्र्थापना निर्देशिका र सम्बन्धित मन्त्रालयका प्रतिवेदनहरूको विश्लेषण गरिएको छ । संस्थाले बर्दिया जिल्लामा १३,००० भन्दा बढी मुक्त कमलरी महिलालाई अधिकारबारे सचेतना, नेतृत्व विकास तालिम र जीविकोपार्जन कार्यक्रममा सहभागी गराएको छ । स्थानीय तहहरूले मुक्त कमलरी पुनस्र्थापना कार्यविधि पारित गरी कार्यान्वयन गरेका छन् । बर्दियाका बढैयाताल र गेरुवा गाउँपालिकाले मुक्त कमैया पुनस्र्थापनाका लागि कार्यविधि समेत बनाउनु अधिकारको पैरवी ठूलो उलब्धि हो ।२४ वटा महिला किसान समूह, २ वटा सहकारी र १६ वटा बालक्लब गठन गरी आर्थिक आत्मनिर्भरता र बालबालिकाको शिक्षामा योगदान पुगेको छ । समान कामका लागि समान तथा न्यायोचित ज्याला अभियान चलाएर स्थानीय तहका न्यूनतम ज्याला निर्धारण समितिमा महिलाको अनिवार्य प्रतिनिधित्वको माग सफल भएको छ । विपद् व्यवस्थापनमा तालिम प्राप्त महिलाहरूले समुदायमा पूर्वतयारी र राहत वितरणमा सक्रिय भूमिका खेलेका छन् । संस्थाले बालबालिकाको निःशुल्क शिक्षाको लागि स्थानीय तहबाट कार्यविधि पारित गराउन सफल भएको छ । मुक्त कमलरी महिलाहरूले आफैं गठन गरेको कमैया महिला जगारण समाज नेपालले देखाएको यो मोडलले प्रमाणित गर्छ कि प्रभावित समुदायले आफैं संगठित भएर आर्थिक सशक्तीकरणदेखि नीतिगत परिवर्तनसम्म पुग्न सक्छ । यो संस्थाले स्थानीय तहको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ भने महिलाहरूको नेतृत्व, आत्मसम्मान र समुदायमा सहभागितालाई उल्लेखनीय रूपमा बढाएको छ । यसबाट भविष्यमा यस्ता समूहहरूलाई थप स्रोत र नीतिगत समर्थन दिन सके समानता र सामाजिक न्यायको यात्रा अझ प्रभावकारी हुने देखिन्छ ।