प्रह्लाद नाटकमा वैदिक दर्शनको विश्लेषणात्मक अध्ययन

Authors

Keywords:

ब्रह्माण्डीय नियम, ऋत, प्रह्लाद नाटक, अद्वैतवाद, वैदिक दर्शन, गुरु–शिष्य परम्परा, धर्म

Abstract

प्रह्लाद नाटक, उराँव जातिको एक महत्वपूर्ण धार्मिक नाट्य कृति हो, जसमा वैदिक दर्शनका विविध पक्षहरू जस्तै धर्म, सत्य, भक्ति, आत्मज्ञान र ब्रह्मभावना कलात्मक रूपमा व्यक्त भएका छन् । यस लेखमा ’प्रह्लाद नाटक’ भित्र निहित वैदिक मूल्यहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ । प्रह्लाद पात्रमार्फत उपनिषद् र भगवद्गीता जस्ता वैदिक ग्रन्थहरूमा प्रतिपादित भक्ति योग, आत्म–बोध, गुरु–शिष्य परम्परा र धर्म–अधर्मबीचको द्वन्द्व स्पष्ट रूपमा उजागर हुन्छ । नाटकका संवाद, पात्र र घटनाहरू विश्लेषण गर्दा वैदिक चिन्तन नाट्य भाषामा कसरी जीवन्त गरिएको छ भन्ने कुरा प्रस्ट हुन्छ । साथै, नाटकमा देखिएको प्रह्लादको आन्तरिक विवेक, ईश्वरप्रेम र आत्मसमर्पणको भावनाले वैदिक दर्शनको व्यावहारिक पक्षलाई मूर्त रूप दिएको देखिन्छ । यस अध्ययनले लोकनाट्यको माध्यमबाट शास्त्रीय विचार कसरी जनस्तरसम्म पुग्छ भन्ने पक्षमा समेत चर्चा गरेको छ ।

Abstract
87
PDF (Nepali)
0

Downloads

Published

2026-01-12

How to Cite

Paudel, G. (2026). प्रह्लाद नाटकमा वैदिक दर्शनको विश्लेषणात्मक अध्ययन. Academia Research Journal, 5(1), 187-194. https://doi.org/10.3126/academia.v5i1.89193

Issue

Section

Articles

How to Cite

Paudel, G. (2026). प्रह्लाद नाटकमा वैदिक दर्शनको विश्लेषणात्मक अध्ययन. Academia Research Journal, 5(1), 187-194. https://doi.org/10.3126/academia.v5i1.89193