संयोग कथा सङ्ग्रहमा अभिव्यक्त यथार्थता
DOI:
https://doi.org/10.3126/ajos.v5i1.81991Keywords:
आञ्चलिक, ढप, स्फुट, यथार्थ, सम्पदाAbstract
प्रस्तुत लेख संयोग कथा सङ्ग्रहमा अभिव्यक्त यथार्थताको अन्वेषण गर्ने विषयमा केन्द्रित छ । उक्त सन्दर्भमा समाजको समसामयिक अवस्थाको जस्ताको तस्तै यथार्थ र दुरुस्त चित्रण संयोग कथा सङ्ग्रहका कथाले गरेका छन् । कथा सङ्ग्रहमा समाजको सामाजिक अवस्था, संस्कार, संस्कृति, सभ्यता, प्रकृति, मानवीय भाव, राजनीतिक अवस्था, आर्थिक विभेद र असमानताजस्ता पक्षहरु प्रमुख विषय बनेर आएका छन् । विवेच्य सङ्ग्रहका कथाले समाजलाई केन्द्र बनाएर यथार्थताको अभिव्यक्ति दिएका छन । समाजका यथार्थ पक्षलाई देखाउन यस लेखमा पुस्तक पठन विधिको प्रयोग गरेर तथ्यहरू सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषण गर्दा वर्णनात्मक विधिको अवलम्बन गरिएको छ । गुणात्मक पद्धतिको सहयोग लिएर प्राथमिक सामग्रीका रूपमा कथाकार लामिछानेको ‘संयोग’ कथा सङ्ग्रहलाई मूल स्रोत मानेर अध्ययन तथा विश्लेषण गरिएको छ । सैद्धान्तिक एवम् अन्य विषयको उपयोगका लागि द्वितीयक सामग्री प्रयोग गरिएको छ । अतः निर्दिष्ट कथामा यथार्थताको खोजी गरिएकाले प्रस्तुत लेख पठन र अन्तर्पठनका दृष्टिले तथा सरोकारवाला पाठक तथा यथार्थताको अध्ययन गर्ने जो कोही अध्येताका लागि समेत उपयोगी रहेको छ ।