'मातृत्व’ कथामा लैङ्गिकताको प्रयोग
DOI:
https://doi.org/10.3126/ajos.v5i1.81994Keywords:
उत्पीडन, पितृसत्ता, लैङ्गिक हिंसा, लैङ्गिक समालोचनाAbstract
प्रस्तुत आलेख कथाकार भागीरथी श्रेष्ठद्वारा रचित सामाजिक विषयवस्तुमा आधारित ‘मातृत्व’ कथामा प्रयोग भएको लैङ्गिकतालाई लैङ्गिक अध्ययन तथा समालोचनाका आधारमा मूल्याङ्कन गरिएको छ । लैङ्गिक अध्ययनले साहित्यिक कृतिमा नारी, पुरुष तथा अन्य लिङ्गीहरूको सामाजिक र सांस्कृतिक अवस्थाको खोजी गरी सामाजिक न्याय र समता स्थापना गर्ने ध्येय राख्दछ । यस कथामा नारी पात्र ममता र पुरुष पात्र सुबोध बिच लैङ्गिक विभेद देखिएको छ । यही अनुसन्धेय समस्यामा केन्द्रित भई प्रस्तुत कथामा पाइने पितृसत्ताको अवस्था, चरित्र तथा जैविकता, यौनिकता, लैङ्गिक हिंसा, लैङ्गिक चेतना र लैङ्गिक परिणितिको अध्ययन विश्लेषणलाई उद्देश्य बनाएको छ । पुस्तकालय कार्यबाट सोद्देश्यमूलक नमुना विधिबाट प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू सङ्कलन गरिएको छ । प्राथमिक स्रोतमा मातृत्व कथा र यसभित्रका तथ्यपरक सन्दर्भ र उदाहरणहरू समावेश भएका छन् भने द्वितीयक स्रोतमा लैङ्गिक समालोचनासम्बद्ध लेख, पुस्तक, शोधपत्र र समालोचनाहरू रहेका छन् । पाठ विश्लेषणमा आधारित भई कथाका चयनीय वाक्यहरूको विश्लेषण गरी अर्थ निर्धारण गरिएकाले गुणात्मक अध्ययन पद्धतिको उपयोग गरिएको छ । यसका लागि लैङ्गिक समालोचनाको स्वरुप तथा मान्यताहरूका सैद्धान्तिक ढाँचा अवलम्बन गरिएको छ । यस कथामा समाजमा नारी र पुरुषको सामाजिक भूमिका, निर्णयशक्ति र जिम्मेवारी निर्धारण गर्ने पितृसत्तावादी सोच हावी रहेको, लैङ्गिकता कै कारण पुरुष प्रभुत्व कायम रहेको, नारीमाथि विभेद र शोषण गरिएको, पुरुष शोषणबाट मातृत्वका लागि नारी विद्रोह गरी लैङ्गिक चेतना अपरिहार्य रहेको निष्कर्ष