डायस्पोरिक कोणबाट एटलान्टिक स्ट्रिट उपन्यास Dayasporik Konbata Atlantic Street Upanyas

Authors

  • यादवप्रकाश Yadavprakash लामिछाने Lamichhane सेवानिवृत्त Retired from TU
  • गीता Geeta लामिछाने Lamichhane

DOI:

https://doi.org/10.3126/amcj.v1i1.33387

Keywords:

अभिघात अभिव्यक्ति Abhighat Abhibyakti, इच्छित भूमि ichhit bhumi, चेतनप्रवाह शैली chetan Prabaha Shaili, डायस्पोरा Dayaspora, द्वैध मानसिकता Dwedh Manasilkata, पुख्र्यौली भूमि Purkhyauli bhumi, पुस्तान्तरिक द्वन्द्व Pustantarik dwandha, मनोवैज्ञानिक दासता Manobaigyanik Dasata

Abstract

उपन्यास विश्लेषणका लागि प्राथमिक स्रोतका रूपमा राजवको ‘एटलान्टिक स्ट्रिट’ लाई लिइएको
छ । द्वितीयक सामग्री स्रोतका रूपमा विवेच्य उपन्यासलाई डायस्पोरिक दृष्टिबाट तयार पारिएको
शोधपत्र र विभिन्न पत्रपत्रिकामा प्रकाशित समालोचनात्मक लेख र पुस्तकहरूलाई आधार मानिएको छ । डायस्पोरिक उपन्यास विश्लेषणका सैद्धान्तिक पर्याधारलाई आधार सामग्री मानी गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको प्रस्तुत लेख पुख्र्यौली भूमि र इच्छित भूमि, द्वैध मानसिकता, एकान्तिकता, अतीतप्रति स्मरण, सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च र चिन्ता, कहाली लाग्दो भूत र अनिश्चित भविष्य, मनोवैज्ञानिक दासता, पुस्तान्तरिक द्वन्द्व, स्तरपरिवर्तन र स्तर गुम्नुजस्ता पर्याधारको उपयोग गरी विश्लेषण गरिएको छ । त्यस्तै चेतनप्रवाह शैली, अभिघात अभिव्यक्ति, द्वैध सांस्कृतिकता, आस्तित्विक चेतनाको प्रबलता तथा एकसूत्रताको खोजी र कोडमिश्रणलाई हेर्ने काम भएको छ । यसमा बाध्यता वा रहरका कारणले पुख्र्यौली भूमि छाडी इच्छित भूमिमा पुगेपछि वर्षौँसम्म पनि जन्मभूमि फर्कन नसकेको पीडा रहेको छ भने घर–परिवारका लागि खर्चको व्यवस्था गरे पनि पारिवारिक मिलन, भेटघाट र त्यसबाट प्राप्त हुने हार्दिक तथा आत्मिक भावबाट टाढिने स्थिति भने टड्कारो देखिएको छ । प्रारम्भिक दिनमा जागिरको खोजी, अपार्टमेन्टको व्यवस्थापन, मूलधारबाट आपूm र आफ्नो समुदायलाई लत्याइएको तीतो अनुभूति, सहयोगी मित्रको अभाव, बिरानो ठाउँमा आपूmलाई अपरिचित ठान्नु, जताततै असुरक्षित महसुस गर्नु तथा भय र त्रासको भावना विकास हुनुले डायस्पोरिक जीवन कष्टकर रहेको पुष्टि हुन्छ । यसरी डर, त्रास तथा अज्ञात भयको भूमरीभित्र बाँच्ने चाहना राख्दाराख्दै र पारिवारिक सदस्यको सुन्दर भविष्यको सुनिश्चितताको कामना गर्दा गर्दै जीवन व्यतीत हुने सन्दर्भको उल्लेख गरिएको यो डायस्पोरिक उपन्यास महइभ्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
245
pdf
334

Author Biographies

यादवप्रकाश Yadavprakash लामिछाने Lamichhane, सेवानिवृत्त Retired from TU

त्रि.वि. TU

गीता Geeta लामिछाने Lamichhane

सानोठिमी क्याम्पस Sanothimi Sampus, Bhaktapur, TU

Downloads

Published

2020-12-14

How to Cite

लामिछाने Lamichhane य. Y., & लामिछाने Lamichhane ग. G. (2020). डायस्पोरिक कोणबाट एटलान्टिक स्ट्रिट उपन्यास Dayasporik Konbata Atlantic Street Upanyas. AMC Journal, 1(1), 1–13. https://doi.org/10.3126/amcj.v1i1.33387

Issue

Section

Articles