राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमप्रति शिक्षकहरूका प्रतिक्रिया Rashtriya Prarambhik Kakshya Padhai Karyakramprati Shikshakharuka Pratikriya
Keywords:
कार्यक्रमको शैक्षणिक प्रभावकारिता Karyakram ko shaikshinik Prabhkarita, भाषाशिक्षण Bhasha shikshan, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम Rastriya Prarambhik Kashya Padhai Karyakram, शिक्षकका प्रतिक्रिया Shikshakka PratikriyaAbstract
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम नेपालका आधारभूत तह (कक्षा १–३) का विद्यार्थीहरूको
पढाइ क्षमता सुधारका लागि कार्यान्वयनमा ल्याइएको कार्यक्रम हो । यो कार्यक्रम विभिन्न चरणमा
कार्यान्वयन हुँदै आएको पाइन्छ । साथै यसको शैक्षणिक प्रभावकारिता पनि निकै अपेक्षा गरिएको
छ । यही वस्तुतालाई हृदयङ्गम गरी प्रस्तुत लेख तयार परिएको छ । विशेषतः प्रस्तुत लेख राष्ट्रिय
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमप्रति शिक्षकहरूका प्रतिक्रियाको अध्ययनमा आधारित रहेको छ । यस
लेखमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको चिनारीसहित यसप्रति अध्यापनरत शिक्षकहरूका
प्रतिक्रियाको अध्ययन विश्लेषण गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय दिनु र
यसप्रति अध्यापनरत शिक्षकहरूका प्रतिक्रियाहरूको अध्ययन गर्नु यस लेखका मूलभूत उद्देश्यका रूपमा
रहेका छन् । प्रस्तुत अध्ययन मूलतः गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । प्रस्तुत अध्ययनका
क्रममा भक्तपुर जिल्लामा अध्यापनरत शिक्षकहरूलाई नमुनाका रूपमा लिई अध्ययनका क्रममा
आधारभूत तहमा अध्यापनरत उहाँहरूको प्रतिक्रिया लिइएको छ । यसका लागि खुला प्रश्नावलीको
प्रयोग गरिएको छ । यस लेखमा शिक्षकहरूबाट प्राप्त तथ्यहरूको सूक्ष्म समीक्षण गरिएको छ । साथै
प्राप्त तथ्यहरूलाई व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिका माध्यमबाट प्रस्तुत गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal