नेपाली लोकसाहित्यसँग लघुतम पद्य हाइकुको सम्बन्ध Nepali Lok Sahityasanga Laghuttam Paddya Haikuko Sambandha

Authors

  • रमेश Ramesh भट्टराई Bhattarai ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि. Graduate School of management, TU

Keywords:

कौरा kaura, ख्याली Khyali, चुड्का Chudka, ताङ्का tangka, रोइला Roila, सेलो Selo, हाइकाइ haikai, होक्कु Hokku

Abstract

साहित्यका कविता, आख्यान, नाटक र निबन्ध विधामध्ये हाइकु कवितात्मक विधाअन्तर्गत पर्दछ ।५–७–५ को अक्षर संरचनामा रहेर एउटा ऋतुबोधक शब्द पर्ने गरी लेखिने हाइकु कविता गजल, मुक्तक,सेलो, सवाईभन्दा छोटो भएको पाइन्छ । औपचारिक रूपमा जापानबाट विकसित भएको यस विधाकाकेही सूक्ष्म गुण प्राचीन नेपाली समाजमा विकसित लोकसाहित्यका विविध पद्य विधा, लोकगीत,बालगीतमा पनि पाउन सकिन्छ । अलिकति बिम्ब मिसिएर थोरैमा धेरै भन्न सकिने गुण भएकोहाइकुका बारेमा यहाँ संरचनागत विश्लेषण गरिएको छ । नेपालमा हाइकुको विकासक्रम, विद्वान्हरूलेहाइकुका बारेमा राखेका धारणा तथा अनुवादित हाइकुका केही उदाहरणलाई यहाँ समावेश गरिएकोछ । आजको व्यस्त समाजमा साहित्यप्रति झुकाव भएर पनि छोटो समयमा साहित्यको आनन्द लिनेचाहनालाई हाइकु जस्ता सूक्ष्म संरचना भएका विधाले सहयोग पु¥याउँछन् । छोटो समयमा व्यापकविचारको सूत्रात्मक प्रस्तुति दिन सक्ने गुण भएकैले वर्तमानका साहित्यप्रेमीहरू सामाजिक सञ्जालमाहाइकुलाई प्रस्तुत गर्ने गर्दछन् । मूलतः पुस्तकालयीय अध्ययनबाट गुणात्मक विश्लेषण विधिलाई प्रयोगगरेर यो अध्ययनलाई सम्पन्न गरिएको छ । हाइकु संरचनाका आधार, रचना शैली, प्रकार र नेपालमायसको प्रभावका आधारमा यसभित्र प्रयोग गरिने भाषाशैलीलाई हेर्दा विद्यालय तहदेखि उच्च शिक्षाकापाठ्यक्रममा यस विधालाई स्थान दिइनु सान्दर्भिक देखिन्छ ।

Abstract
468
pdf
1

Author Biography

रमेश Ramesh भट्टराई Bhattarai, ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि. Graduate School of management, TU

विद्यावारिधि शोधार्थी PhD. Holder

Downloads

Published

2020-12-14

How to Cite

भट्टराई Bhattarai र. R. (2020). नेपाली लोकसाहित्यसँग लघुतम पद्य हाइकुको सम्बन्ध Nepali Lok Sahityasanga Laghuttam Paddya Haikuko Sambandha. AMC Journal, 1(1), 30-49. https://doi.org/10.3126/amcj.v1i1.33391

Issue

Section

Articles

How to Cite

भट्टराई Bhattarai र. R. (2020). नेपाली लोकसाहित्यसँग लघुतम पद्य हाइकुको सम्बन्ध Nepali Lok Sahityasanga Laghuttam Paddya Haikuko Sambandha. AMC Journal, 1(1), 30-49. https://doi.org/10.3126/amcj.v1i1.33391