शिक्षकको पेसागत विकास प्रक्रियाका आधारहरू Shikshakko Peshagat Bikas Prakriyaka Aadharharu

Authors

  • कृष्णप्रसाद Krishnaprasad सुवेदी Subedi नेपाली, त्रिभुवन विश्वविद्यालय Nepali TU

Keywords:

उपचारात्मक सुपरिवेक्षण Upacharatmak Suparivekshan, कार्यमूलक अनुसन्धान Karyamulak Anusandhan, परामर्श paramarsha, पेसागत विकास Peshagat Bikas, शिक्षक सञ्जाल Shiksahk sanjal, सक्षमता sakshyamata, सुपरिवेक्षण, Suparivekshan

Abstract

प्रस्तुत लेख शिक्षकको पेसागत विकासका आधारहरूमा शिक्षकको शिक्षणीय कार्यकुशलता अभिवृद्धिगर्ने प्रक्रियालाई पेसागत विकासको रूपमा लिइएको छ । यसअन्तर्गत शिक्षकलाई शिक्षणीय ज्ञान, सीप,प्रविधि, रणनीति जस्ता पक्षहरूको बारेमा आवश्यक सूचना प्रदान गरिन्छ । शिक्षक शिक्षण सिकाइसहजीकरणको स्रोत व्यक्ति हो । शैक्षिक पक्षको आमूल परिवर्तन तथा सुधार गर्न शिक्षकको पेसागतविकास गरिनुपर्दछ । गुणस्तरीय शिक्षाका लागि शिक्षकको पेसागत विकासलाई एक पूर्वसर्तका रूपमालिइन्छ । पेसागत रूपमा दक्ष, अध्ययनशील तथा कर्तव्यनिष्ठ शिक्षकले मात्र प्रभावकारी शिक्षण सिकाइसहजीकरणको माध्यमबाट विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार गर्न सक्दछन् । शिक्षकको पेसागतविकास नियमित चलिरहने प्रक्रिया हो । शिक्षकको पेसागत विकासका लागि शिक्षण सिकाइ विधि सम्बन्धीज्ञान, सिकारु÷बालबालिकासम्बन्धी ज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार, सहयोगतथा सहकार्य, निरन्तर सिकाइ र पेसागत विकास जस्ता पक्षमा शिक्षक सधैँ सक्रिय तथा अद्यावधिकहुनुपर्दछ । यसका साथै पेसागत आचारसंहिता, सूचना, सञ्चार तथा प्रविधिको प्रयोग, कार्यमूलकअनुसन्धान गर्न सक्ने सक्षमता शिक्षकमा हुनुपर्दछ । त्यसैगरी पेसागत बैठक, अनुभव आदान–प्रदान,उपचारात्मक सुपरिवेक्षण, परामर्श तथा कोचिङ, स्वप्रतिबिम्बात्मक सिकाइ, पेसागत तालिम, आन्तरिकतथा बाह्य अवलोकन भ्रमण, निरन्तर सिकाइ तथा स्वाध्ययन, कार्यशाला तथा गोष्ठी, शिक्षक सञ्जाल,आत्ममूल्याङ्कन जस्ता विविध पक्षहरूद्वारा शिक्षकहरूको पेसागत विकास गर्न सकिन्छ ।

Abstract
1261
pdf
0

Author Biography

कृष्णप्रसाद Krishnaprasad सुवेदी Subedi, नेपाली, त्रिभुवन विश्वविद्यालय Nepali TU

MA., M. ed., M.Phil.

Downloads

Published

2020-12-14

How to Cite

सुवेदी Subedi क. K. (2020). शिक्षकको पेसागत विकास प्रक्रियाका आधारहरू Shikshakko Peshagat Bikas Prakriyaka Aadharharu. AMC Journal, 1(1), 70-87. https://doi.org/10.3126/amcj.v1i1.33393

Issue

Section

Articles

How to Cite

सुवेदी Subedi क. K. (2020). शिक्षकको पेसागत विकास प्रक्रियाका आधारहरू Shikshakko Peshagat Bikas Prakriyaka Aadharharu. AMC Journal, 1(1), 70-87. https://doi.org/10.3126/amcj.v1i1.33393