माध्यमिक तहका कथाहरूमा कोशीय संसक्ति Madhyamik Tahaka Kathaharuma Koshiya Samshakti

Authors

  • केशव Keshab भुसाल Bhusal त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग कीर्तिपुर Central Department of Education Nepali, TU Kirtipur

Keywords:

आख्यान Akhyayan, कोशीय संसक्ति Koshiya samshakti, सङ्कथन Sankathan, सङ्कथन विश्लेषण Sankathan bishleshan, संसक्ति samshakti

Abstract

प्रस्तुत लेख आख्यानात्मक विधाअन्तर्गत पर्ने कथा विधामा प्रयुक्त कोशीय संसक्तिको अध्ययन विश्लेषणमा आधारित रहेको छ । वस्तुतः यसअन्तर्गत माध्यमिक तह (कक्षा नौ र दश) मा समाविष्टकथाहरूमा प्रयुक्त कोशीय संसक्ति र यसअन्तर्गतका विविध भेदहरूकोे सूक्ष्म समीक्षण गरिएकोछ । यस अध्ययनमा मूलतः भाषावैज्ञानिक ह्यालिडे र हड्सनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिकअवधारणालाई अध्ययनको आधारका रूपमा लिइएको छ । यस क्रममा पुनरुक्ति र सन्निधानजस्ताकोशीय संसक्तिको अध्ययन गरिएको छ, जसमध्ये पुनरुक्तिअन्तर्गत  पुनरावृत्ति, पर्यायवाची, विपरीतार्थी,समावेशी–समावेश्य र अङ्गी–अङ्गको पहिचान र विश्लेषण गरिएको छ भने सन्निधानअन्तर्गत भाषिकशब्दहरूका बिच सान्निध्य सम्बन्ध स्थापित गर्ने कोशीय सिक्रीहरूको सूक्ष्म अन्वेषण गरिएको छ ।यस क्रममा माध्यमिक तहका कथा विधामा प्रयुक्त कोशीय संसक्तिको स्थिति, विशेषता र पाठरचनामातिनले खेलेको भूमिका अध्ययनलाई विशेष जोड दिइएको छ । प्रस्तुत अध्ययनमा मिश्रित अनुसन्धानविधि (परिमाणात्मक र गुणात्मक) को अवलम्बन गरिएको छ । यस अध्ययनबाट आख्यानात्मक सङ्कथन वा रचनामा प्रयोग हुने कोशीय संसक्ति र तिनको भूमिकाबारे जानकारी प्राप्त गर्न मद्दत पुग्नेअपेक्षा गरिएको छ ।

Abstract
460
pdf
0

Author Biography

केशव Keshab भुसाल Bhusal, त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग कीर्तिपुर Central Department of Education Nepali, TU Kirtipur

 विभागीय प्रमुख Department Chief

Downloads

Published

2021-03-18

How to Cite

भुसाल Bhusal क. K. (2021). माध्यमिक तहका कथाहरूमा कोशीय संसक्ति Madhyamik Tahaka Kathaharuma Koshiya Samshakti. AMC Journal, 2(1), 121-135. https://doi.org/10.3126/amcj.v2i1.35793

Issue

Section

Articles

How to Cite

भुसाल Bhusal क. K. (2021). माध्यमिक तहका कथाहरूमा कोशीय संसक्ति Madhyamik Tahaka Kathaharuma Koshiya Samshakti. AMC Journal, 2(1), 121-135. https://doi.org/10.3126/amcj.v2i1.35793