माध्यमिक तहका कथाहरूमा कोशीय संसक्ति Madhyamik Tahaka Kathaharuma Koshiya Samshakti

Authors

  • केशव Keshab भुसाल Bhusal त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग कीर्तिपुर Central Department of Education Nepali, TU Kirtipur

DOI:

https://doi.org/10.3126/amcj.v2i1.35793

Keywords:

आख्यान Akhyayan, कोशीय संसक्ति Koshiya samshakti, सङ्कथन Sankathan, सङ्कथन विश्लेषण Sankathan bishleshan, संसक्ति samshakti

Abstract

प्रस्तुत लेख आख्यानात्मक विधाअन्तर्गत पर्ने कथा विधामा प्रयुक्त कोशीय संसक्तिको अध्ययन विश्लेषणमा आधारित रहेको छ । वस्तुतः यसअन्तर्गत माध्यमिक तह (कक्षा नौ र दश) मा समाविष्टकथाहरूमा प्रयुक्त कोशीय संसक्ति र यसअन्तर्गतका विविध भेदहरूकोे सूक्ष्म समीक्षण गरिएकोछ । यस अध्ययनमा मूलतः भाषावैज्ञानिक ह्यालिडे र हड्सनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिकअवधारणालाई अध्ययनको आधारका रूपमा लिइएको छ । यस क्रममा पुनरुक्ति र सन्निधानजस्ताकोशीय संसक्तिको अध्ययन गरिएको छ, जसमध्ये पुनरुक्तिअन्तर्गत  पुनरावृत्ति, पर्यायवाची, विपरीतार्थी,समावेशी–समावेश्य र अङ्गी–अङ्गको पहिचान र विश्लेषण गरिएको छ भने सन्निधानअन्तर्गत भाषिकशब्दहरूका बिच सान्निध्य सम्बन्ध स्थापित गर्ने कोशीय सिक्रीहरूको सूक्ष्म अन्वेषण गरिएको छ ।यस क्रममा माध्यमिक तहका कथा विधामा प्रयुक्त कोशीय संसक्तिको स्थिति, विशेषता र पाठरचनामातिनले खेलेको भूमिका अध्ययनलाई विशेष जोड दिइएको छ । प्रस्तुत अध्ययनमा मिश्रित अनुसन्धानविधि (परिमाणात्मक र गुणात्मक) को अवलम्बन गरिएको छ । यस अध्ययनबाट आख्यानात्मक सङ्कथन वा रचनामा प्रयोग हुने कोशीय संसक्ति र तिनको भूमिकाबारे जानकारी प्राप्त गर्न मद्दत पुग्नेअपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
293
pdf
300

Author Biography

केशव Keshab भुसाल Bhusal, त्रिभुवन विश्वविद्यालय, नेपाली भाषा शिक्षा विभाग कीर्तिपुर Central Department of Education Nepali, TU Kirtipur

 विभागीय प्रमुख Department Chief

Downloads

Published

2021-03-18

How to Cite

भुसाल Bhusal क. K. (2021). माध्यमिक तहका कथाहरूमा कोशीय संसक्ति Madhyamik Tahaka Kathaharuma Koshiya Samshakti. AMC Journal, 2(1), 121–135. https://doi.org/10.3126/amcj.v2i1.35793

Issue

Section

Articles