प्रकरणार्थविज्ञानका आधारभूत अवधारणा: प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जना {Basic concepts of epistemology: Promises, preconceptions, implications and expressions}

Authors

  • केशव Keshav भुसाल Bhusal शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

Keywords:

निहितार्थ, पूर्वधारणा, प्रतिज्ञप्ति, प्रकरणार्थविज्ञान, अभिव्यञ्जना

Abstract

प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको महत्वपूर्ण क्षेत्र प्रकरणार्थविज्ञानमा आधारित रहेको छ । यस लेखमा प्रकरणार्थविज्ञानका आधारभूत अवधारणाअन्तर्गत पर्ने प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थर अभिव्यञ्जनाको सूक्ष्म अन्वेषण गरिएको छ । प्रकरणार्थविज्ञानको परिचय दिनु, प्रतिज्ञप्ति,पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जनाको सैद्धान्तिक चर्चा गर्नु, यीअन्तर्गतका विभिन्न भेदोपभेदको व्याख्या विवेचन गर्नु यस अध्ययनका मूलभूत उद्देश्यहरू रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । यो लेख तयार गर्ने सिलसिलामा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूकोअधिक उपयोग गरिएको छ । यस अध्ययनबाट प्रकरणार्थविज्ञान प्रकरणपरक भाषिक प्रयोगकोअध्ययनसँग सम्बन्धित रहेको, प्रतिज्ञप्ति भाषिक अभिव्यक्ति वा उच्चारबाट प्रकट हुने आधारभूत अर्थसँग सम्बन्धित रहेको, पूर्वधारणा व्यक्त अभिव्यक्तिका आधारमा अव्यक्त अभिव्यक्तिको अनुमान गर्ने कार्यसँग सम्बन्धित रहेको, निहितार्थ प्रतिज्ञप्तिहरूका बिचको सम्बन्धसँग सम्बन्धित रहेको, अभिव्यञ्जना भाषिक अभिव्यक्तिमा व्यक्त अभिधार्थभन्दा भिन्न लक्ष्यार्थसँग सम्बन्धित रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन प्रकरणार्थविज्ञान र यसअन्तर्गत पर्ने प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जनाका बारेमा आवश्यक जानकारी लिन विशेषोपयोगी हुने अपेक्षा गरिएको छ ।

Abstract
297
PDF
0

Author Biography

केशव Keshav भुसाल Bhusal, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

विभागीय प्रमुख तथा उप–प्राध्यापक

Assistant Professor/Head of the Department of Nepali Education

Downloads

Published

2022-08-23

How to Cite

भुसाल Bhusal . क. K. (2022). प्रकरणार्थविज्ञानका आधारभूत अवधारणा: प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जना {Basic concepts of epistemology: Promises, preconceptions, implications and expressions}. AMC Journal, 3(1), 1-14. https://doi.org/10.3126/amcj.v3i1.45451

Issue

Section

Articles

How to Cite

भुसाल Bhusal . क. K. (2022). प्रकरणार्थविज्ञानका आधारभूत अवधारणा: प्रतिज्ञप्ति, पूर्वधारणा, निहितार्थ र अभिव्यञ्जना {Basic concepts of epistemology: Promises, preconceptions, implications and expressions}. AMC Journal, 3(1), 1-14. https://doi.org/10.3126/amcj.v3i1.45451