नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}

Authors

  • यज्ञेश्वर Yagyeshwar निरौला Niraula त्रि. वि. रत्नराज्य क्याम्पस TU Ratna Rajya Laxmi Campus

DOI:

https://doi.org/10.3126/amcj.v3i1.45452

Keywords:

भाषिक समुदाय BHashik Samudaya, भाषिक स्वायत्तता Bhashik swayattata, संहिताकरण Samhitakaran, आयातित भाषा Aayatit bhasha, पारिभाषिक शब्दावली Paribhashik Shabdawali

Abstract

सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रभाषा हो । यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाहरूका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षणप्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन् । यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथैनेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्कभाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ । साझा सम्पर्क भाषा र प्रकार्यात्मकअवस्थामा रहेको नेपाली भाषालाई नै प्राथमिक सामग्री बनाई राष्ट्रभाषा र साझा सम्पर्क भाषाका मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यस शोध लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषाले सबै जातजाति र भाषाभाषीलाई एकताको सूत्रमा उनेर राष्ट्रिय एकताको महत्वपूर्ण कडीको भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
159
PDF
77

Author Biography

यज्ञेश्वर Yagyeshwar निरौला Niraula, त्रि. वि. रत्नराज्य क्याम्पस TU Ratna Rajya Laxmi Campus

नेपाली विषयका सह–प्राध्यापक Associate Professor, Nepali

Downloads

Published

2022-08-23

How to Cite

निरौला Niraula य. Y. (2022). नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}. AMC Journal, 3(1), 15–28. https://doi.org/10.3126/amcj.v3i1.45452

Issue

Section

Articles