‘सातौँ ऋतु’ उपन्यासमा अग्रभूमिनिर्माण {Foreground construction in the novel 'Seventh Season'}

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

Keywords:

समानान्तरता Samantarata, लेख्यप्रक्रियात्मक विचलन lekhya prakriyatmak bichalan, आर्थी विचलन Arthi bichalan, अग्रमूभिनिर्माण agrabhumi nirman

Abstract

यो लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘सातौँ ऋतु’ उपन्यास अन्तर्गत अग्रभूमि निर्माणको विश्लेषणमा आधारित छ । अग्रभूमि निर्माणका प्रमुख उपकरण समानान्तरता र विचलनको परिचय दिई सातौँ ऋतु उपन्यासमा रहेका समानान्तरता र विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी सातौँ ऋतु उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका उपकरणको यथोचित उपयोग भएको पाइयो । कृतिगत उद्धरणको विश्लेषणपछि भाषिक एकाइहरूको पुनरावृत्तिमूलक प्रयोग र विचलनयुक्त भाषाले सो उपन्यासको प्रस्तुतिलाई प्रभावकारी बनाएका छन् भने अभिव्यक्ति पनि पात्रानुकूल रहेको देखिएको छ । विचलनयुक्त प्रयोगमा आधिक्य रहेको विश्लेष्य उपन्यास विचलनका कारणले थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा अग्रभूमिनिर्माणको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अपेक्षा गरिएको छ ।

Abstract
253
PDF
0

Author Biography

राजेन्द्र Rajendra खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि., कीर्तिपुर Central Department of Education, TU, Kirtipur

नेपाली शिक्षा विभागमा उप–प्राध्यापक Assistant Professor of Nepali Education

Downloads

Published

2022-08-23

How to Cite

खनाल Khanal र. R. . (2022). ‘सातौँ ऋतु’ उपन्यासमा अग्रभूमिनिर्माण {Foreground construction in the novel ’Seventh Season’}. AMC Journal, 3(1), 29-43. https://doi.org/10.3126/amcj.v3i1.45453

Issue

Section

Articles

How to Cite

खनाल Khanal र. R. . (2022). ‘सातौँ ऋतु’ उपन्यासमा अग्रभूमिनिर्माण {Foreground construction in the novel ’Seventh Season’}. AMC Journal, 3(1), 29-43. https://doi.org/10.3126/amcj.v3i1.45453