नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma पृथ्वीनारायण क्याम्पस पोखरा Prithivi Narayan Campus, TU Pokhara

Keywords:

सिकाइ सहजीकरण Sikai Sahajikaran, सहभागितामूलक sahabhagitamulak, भाषा शिक्षण BHsha shikshan, अन्तरक्रिया Antarkriya, भाषा कक्षा BHasha kakshya

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।

Abstract
440
PDF
0

Author Biography

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma, पृथ्वीनारायण क्याम्पस पोखरा Prithivi Narayan Campus, TU Pokhara

 नेपाली शिक्षाका उप–प्राध्यापक Assistant Professor, Nepali

Downloads

Published

2022-08-23

How to Cite

शर्मा Sharma व. B. (2022). नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}. AMC Journal, 3(1), 44-60. https://doi.org/10.3126/amcj.v3i1.45454

Issue

Section

Articles

How to Cite

शर्मा Sharma व. B. (2022). नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}. AMC Journal, 3(1), 44-60. https://doi.org/10.3126/amcj.v3i1.45454