लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {'Rebirth' in folklore and religious philosophy}

Authors

  • रमेश Ramesh भट्टराई Bhattarai आदर्श बहुमुखी क्याम्पस धादिङ Aadarsha Multiple Campus, Dhading

Keywords:

स्यादवाद, लोकवार्ता Lokbarta, सन्देहवाद Sandehavad, इष्टसिद्धि चिन्तन, प्रत्ययवादी चिन्तन, ब्रह्मलोक

Abstract

जन्म र मृत्यु प्राकृतिक घटना हुन् । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, आत्मा, ईश्वर, मुक्ति, मोक्ष वानिर्वाण धार्मिक सन्दर्भ र त्यसमा आधारित लोकविश्वास तथा सामाजिक आस्था हुन् । प्रामाणिक रवस्तुपरक सन्दर्भको अभाव भए पनि हिन्दू, बौद्ध, इस्लाम, ईसाई लगायतका धार्मिक ग्रन्थले कहीँ नकहीँ पुनर्जन्मलाई स्वीकार गरेका छन् । यस अध्ययनमा पुनर्जन्मप्रतिको लोकविश्वास, धर्म, संस्कारर आस्था पुस्तान्तरित चिन्तन तथा विज्ञानको प्रभावबाट केही तेजहीन बनेको अभौतिक मान्यतालाईविश्लेषण गरिएको छ । पौरस्त्य दर्शनभित्रका अवैदिक दर्शनमध्ये लोकायत÷चार्वाक दर्शनले पुनर्जन्ममाअस्वीकृति जनाएको छ भने बौद्ध दर्शनमा स्वीकृति नै देखिन्छ । जैनमा स्यादवादकै अवधारणा रहेकोछ । वर्णनात्मक तथा विश्लेषणात्मक आधारमा यस अध्ययनलाई समाजले बोकेको विश्वास र दार्शनिकविचारका आधारमा सम्पन्न गरिएको छ । यस लेखलाई पुस्तकालयीय सन्दर्भ सामग्रीको उपयोगगरी गुणात्मक अध्ययन विधिका आधारमा विश्लेषण गरेर तयार पारिएको छ । यसमा मूलतः हिन्दूलगायतका विभिन्न धार्मिक दर्शनगत विचारसँग भौतिकवादी दर्शनका विषयलाई समेट्दै पुनर्जन्म एकविश्वास मात्रै हो भन्ने निष्कर्ष पेस गरिएको छ ।

Abstract
273
PDF
0

Author Biography

रमेश Ramesh भट्टराई Bhattarai, आदर्श बहुमुखी क्याम्पस धादिङ Aadarsha Multiple Campus, Dhading

 नेपाली शिक्षाका विभागीय प्रमुख तथा उप–प्राध्यापक Department chief and Assistant Professor of Nepali Education

Downloads

Published

2022-08-23

How to Cite

भट्टराई Bhattarai र. R. (2022). लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {’Rebirth’ in folklore and religious philosophy}. AMC Journal, 3(1), 61-77. https://doi.org/10.3126/amcj.v3i1.45457

Issue

Section

Articles

How to Cite

भट्टराई Bhattarai र. R. (2022). लोकविश्वास र धार्मिक दर्शनमा ‘पुनर्जन्म’ {’Rebirth’ in folklore and religious philosophy}. AMC Journal, 3(1), 61-77. https://doi.org/10.3126/amcj.v3i1.45457