सत्ताको खोजमा’ एकाङ्कीमा लैङ्गिक चेतना {Gender Consciousness in 'In Search of Power'}

Authors

  • मुक्तिकला Muktikala लामिछाने Lamichhane आदर्श बहुमुखी क्याम्पस धादिङ Aadarsha Multiple Campus, Dhading

Keywords:

सङ्कीर्णतावादी समाज, शरीर राजनीति, नारीवाद, नारीउन्मुक्ति,, पितृसत्ता,, अस्तित्ववाद, Nari unmikti, astitwavad, narivad, sharir rajniti

Abstract

प्रस्तुत लेखमा एकाङ्कीकार विजय मल्लको सत्ताको खोजमा एकाङ्कीको लैङ्गिक दृष्टिकोणबाटविश्लेषण गरिएको छ । जैविक लिङ्गका दृष्टिले नारी–पुरुषबिच ठूलो पार्थक्य रहे तापनि सामाजिकलिङ्गले उनीहरूको भूमिका निर्धारण गर्दछ । सत्ताको खोजमा एकाङ्कीका प्रमुख पात्रमा लैङ्गिकचेतनाको अवस्था पत्ता लगाउने, जैविक लिङ्गका कारण सामाजिक भूमिकामा पार्ने प्रभाव तथा लैङ्गिकविभेद र शोषणको अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । यो लेख गुणात्मक अनुसन्धानढाँचामा तयार पारिएको छ । पुस्तकालयीय अध्ययनको उपयोग गरी प्राथमिक र द्वितीयक दुवै स्रोतकासामग्रीबाट तथ्यहरूको सङ्कलन गरिएको छ । यस एकाङ्कीलाई प्राथमिक स्रोतको सामग्रीको रूपमालिइएको छ भने लेखसम्बद्ध विभिन्न सैद्धान्तिक तथा व्यावहारिक पुस्तकहरू, अनुसन्धानमूलक लेखहरू,पत्रपत्रिकामा प्रकाशित लेख तथा रचनाहरू तथा इन्टरनेटमा उपलब्ध सामग्रीहरूलाई द्वितीयक स्रोतकासामग्रीको रूपमा उपयोग गरिएको छ । लैङ्गिकतालाई मूल सैद्धान्तिक पर्याधार मान्दै यसका प्रमुखमानकलाई विश्लेषणको आधारको रूपमा उपयोग गरिएको छ । जैविक लिङ्गका आधारमा समाजलेनारी–पुरुषको सामाजिक भूमिका, निर्णयशक्ति र जिम्मेदारी निर्धारण गर्ने पितृसत्तावादी सोच हाबीभएको, सामाजिक लिङ्गकै कारण पुरुष प्रभुत्व कायम रहेको, नारीमाथि शोषण–दमन हुने गरेको,पितृसत्ताका आडमा हुने शोषण–विभेदबाट मुक्तिका लागि नारी विद्रोह अपरिहार्य रहेको, परम्परागतपितृसत्ताबाट पुरुषमाथि समेत उत्पीडन हुने गरेकाले लैङ्गिक समविकासका लागि नारी–पुरुष परिपूरकबन्नुपर्छ भन्ने लैङ्गिक चेतना यस एकाङ्कीमा प्रकट भएको छ ।

Abstract
452
PDF
1

Author Biography

मुक्तिकला Muktikala लामिछाने Lamichhane, आदर्श बहुमुखी क्याम्पस धादिङ Aadarsha Multiple Campus, Dhading

शिक्षाशास्त्र संकाय प्रमुख तथा नेपाली शिक्षाकी उप–प्राध्यापक Head of the Department of Education and Assistant Professor,  Nepali

Downloads

Published

2022-08-23

How to Cite

लामिछाने Lamichhane म. M. (2022). सत्ताको खोजमा’ एकाङ्कीमा लैङ्गिक चेतना {Gender Consciousness in ’In Search of Power’}. AMC Journal, 3(1), 78-88. https://doi.org/10.3126/amcj.v3i1.45458

Issue

Section

Articles

How to Cite

लामिछाने Lamichhane म. M. (2022). सत्ताको खोजमा’ एकाङ्कीमा लैङ्गिक चेतना {Gender Consciousness in ’In Search of Power’}. AMC Journal, 3(1), 78-88. https://doi.org/10.3126/amcj.v3i1.45458