क्षण, जाति र परिवेशका आधारमा ‘अभागी’ कथाको विश्लेषण {Based on the moment, race and environment Analysis of the 'unfortunate' story}

Authors

  • कमला Kamala रेग्मी Regmi नेपाली केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर Central Department of Nepali, TU

DOI:

https://doi.org/10.3126/amcj.v3i1.45460

Keywords:

सामाजिक यथार्थवाद, प्रत्यक्षवाद,, मनोविज्ञान, विधेयवाद, समाजशास्त्र,, Psychology, sociology, Social realism

Abstract

प्रस्तुत अध्ययनमा गुरुप्रसाद मैनालीको ‘अभागी’ कथामा देखिएको मूल प्रकृतिलाई समेट्ने प्रयत्नगरिएको छ । समाजशास्त्री हिप्पोलाइट अडोल्फ टेनद्वारा प्रतिपादित समाजशास्त्रका प्रजाति, क्षण रपरिवेशका आधारमा विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यमा निहित समाज र संस्कृतिको चित्रणगर्ने सिद्धान्त विशेषका रूपमा साहित्यको समाजशास्त्रीय अध्ययन परिचित छ । यसका पनि विधेयवादीर मीमांशावादी गरी दुई धाराहरू छन् । प्रस्तुत अध्ययन साहित्यको समाजशास्त्रीय चिन्तनअन्तर्गतविधेयवादी धारासँग सम्बन्धित छ । साहित्यिक समाजको अध्ययनमा प्रजाति, क्षण र परिवेशले महत्वपूर्ण भूमिका खेल्ने हुनाले विविध मान्यतामध्ये यी तीन कुराहरूले व्यक्तिको भाषा, संस्कृति, रहनसहन, परिस्थितिआदिमा साहित्य र समाजको अध्ययन गर्न सकिन्छ भन्ने विचार प्रस्तुत गरिएको छ । सिर्जना समाजभन्दा भिन्न रहन सक्दैन भन्ने धारणा यसमा छ । टेनले प्रजातिको विकासमा डार्विनको विकासवादी सिद्धान्तबाट पनि प्रभाव ग्रहण गरेका छन् । उनले साहित्यको अध्ययनबाट त्यस समयको मान्छेको भावना, विचार रजीवन अवस्था बोध हुन्छ भन्ने मान्यता राखेका छन् । साहित्यको समाजशास्त्रीय अध्ययनमा समय तथायुगको खोजलाई समाजसँग जोडेर हेर्नुपर्छ । मान्छे एक्लो हुँदा ऊ प्रकृति तथा सामाजिक वातावरणद्वारा जेलिएको हुन्छ । त्यसैले वातावरणको प्रभावमा एउटा मेसिनले जसरी साहित्यकारको मस्तिष्कले कार्य गरेको हुन्छ । साहित्यिक कृतिमा प्रजाति, क्षण र परिवेशको आधारमा ‘अभागी’ कथाको समाजशास्त्रीय विश्लेषण गर्दा जुन घटनाक्रम आएका छन्, तिनलाई यस अध्ययनमा टेनको समाजशास्त्रीय प्रवृत्तिगत विशिष्टताका आधारमा तथ्यपूर्ण विश्लेषण गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
68
PDF
66

Author Biography

कमला Kamala रेग्मी Regmi, नेपाली केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुर Central Department of Nepali, TU

दर्शनाचार्य (एम.फिल.) तहकी शोधार्थी M.Phil. Scholar

Downloads

Published

2022-08-23

How to Cite

रेग्मी Regmi क. K. (2022). क्षण, जाति र परिवेशका आधारमा ‘अभागी’ कथाको विश्लेषण {Based on the moment, race and environment Analysis of the ’unfortunate’ story}. AMC Journal, 3(1), 89–100. https://doi.org/10.3126/amcj.v3i1.45460

Issue

Section

Articles