संसारका भाषाको पारिवारिक वर्गीकरण र विशेषता

Authors

  • केशव भुसाल शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि. वि. कीर्तिपुरमा नेपाली शिक्षाका उपप्राध्यापक

Keywords:

भाषा, भाषा परिवार, पारिवारिक वर्गीकरण, पारिवारिक वर्गीकरणका आधार, भाषाका विशेषता

Abstract

प्रस्तुत लेख संसारमा बोलिने भाषाहरूको पारिवारिक वर्गीकरण र तिनका विशेषता अध्ययनमा आधारित रहेको छ । यस लेखमा संसारमा बोलिने भाषाका विभिन्न पक्षहरूको सूक्ष्म समीक्षण गरिएको छ । संसारमा बोलिने भाषाहरूat अध्ययन गर्नु, भाषाको पारिवारिक वर्गीकरणका आधारहरू निर्धारण गर्नु, संसारमा बोलिने भाषाको पारिवारिक वर्गीकरण उल्लेख गर्नु र तिनमा निहित विशेषताहरू प्रस्तुत गर्नु यस लेखका मूलभूत उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा भाषाको पारिवारिक वर्गीकरण र यससम्बद्ध विविध पक्षको चर्चा गरिएका अङ्ग्रेजी, नेपाली सैद्धान्तिक पाठ्यपुस्तकहरूलाई अध्ययनीय सामग्रीका रूपमा लिइएको छ र तिनको अध्ययनबाट प्राप्त तथ्यहरूको अध्ययन विश्लेषण गरिएको छ । जसका आधारमा संसारमा हजारौ भाषाहरू बोलिने गरेको, भाषाको पारिवारिक वर्गीकरणका निश्चित आधार रहेको, संसारमा बोलिने भाषाहरूलाई दस परिवारमा वर्गीकरण गर्ने गरिएको र संसारका भाषाहरूमा आआफ्नै मौलिक विशेषता रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले संसारमा बोलिने भाषा, भाषाको परिवार एवम् पारिवारिक वर्गीकरणका क्षेत्रमा कार्यरत वा कार्य गर्न इच्छुक शिक्षक, विद्यार्थी, शोधार्थी, लेखक तथा विषय विशेषज्ञलाई आवश्यक कुराहरू अधिगत गर्न सहयोग पुयाउने अपेक्षा गरिएको छ ।

Abstract
439
PDF
0

Downloads

Published

2023-12-31

How to Cite

भुसाल क. (2023). संसारका भाषाको पारिवारिक वर्गीकरण र विशेषता. AMC Journal, 4(1), 124-142. https://doi.org/10.3126/amcj.v4i1.63864

Issue

Section

Articles

How to Cite

भुसाल क. (2023). संसारका भाषाको पारिवारिक वर्गीकरण र विशेषता. AMC Journal, 4(1), 124-142. https://doi.org/10.3126/amcj.v4i1.63864