‘एउटा गाउँमा’ कथाको वर्गविश्लेषण
DOI:
https://doi.org/10.3126/amcj.v5i1.75971Keywords:
उत्पादक शक्ति, ऐतिहासिक द्वन्द्ववाद, पतनशील, प्रगतिशील, वर्गसङ्घर्ष, सर्वहाराAbstract
प्रस्तुत लेख पारिजातको ‘एउटा गाउँमा’ कथाको वर्गीय चेतना विश्लेषणमा आधारित छ । यसमा मूल समस्याको समाधानका लागि कथामा प्रकटित सर्वहाराको जीवनसङ्घर्ष, अधिक मानवीय संसार रचनाको प्रयास, वर्गीय एकता र सर्वहाराको ऐतिहासिक दायित्वबोधजस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार साहित्यको वर्गीय अध्ययनअन्तर्गत पाण्डेय (२०६७) को सिद्धान्त रहेको छ । वर्गविश्लेषण आर्थिक र सामाजिक पक्षसँग सम्बन्धित उत्पादक शक्ति र उत्पादन सम्बन्धसम्बद्ध विषय रहँदारहँदै पनि यो माक्र्सवादी समालोचनाअन्तर्गत अन्तरविषयक समालोचना पद्धतिका रूपमा साहित्यले सहजै अङ्गीकार गरेको विषय हो । समालोचनाका क्षेत्रमा वर्गीय चेतना समाजको उत्पादन सम्बन्धका आधारमा निर्धारित मालिक र मजदुरका बिचको आर्थिक, सामाजिक शोषण र त्यसले सिर्जना गरेको द्वन्द्वात्मक परिस्थिति एवम् वर्गमुक्तिको सङ्घर्षका आधारमा कृतिको विश्लेषण गर्ने सिद्धान्त हो । यसले साहित्यिक कृतिहरूमा रहेका वर्गीय विभेद, शोषण, वर्गद्वन्द्व र सर्वहारा वर्गको मुक्तिजस्ता आर्थिक उत्पादनसँग सम्बद्ध पक्षहरूको खोजी गरी तिनको प्रयोजनपरक ढङ्गले विश्लेषण गर्ने काम गर्दछ । ‘एउटा गाउँमा’ कथाको वर्गीय चेतनाविश्लेषणअन्तर्गत यस लेखमा सर्वहारा जीवनसङ्घर्षको चित्रण, अधिक मानवीय संसार रचनाको प्रयास, वर्गीय एकता र सर्वहाराको ऐतिहासिक दायित्वबोधका माध्यमबाट वर्गीय चेतना पहिचान गरिएको छ । प्रस्तुत लेखमा नेपाली समाजको वर्गीय स्वरूपको चित्रण, त्यसको आर्थिक सामाजिक शोषणमा आधारित सम्बन्धको आलोचनात्मक प्रसार एवम् शोषणबाट मुक्तिका लागि अवलम्बन गरिएको वर्गसङ्घर्षको माक्र्सवादी अभिव्यक्तिका कारण ‘एउटा गाउँमा’ कथा वर्गीय चेतना प्रकटीकरणका कोणबाट प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal