थैले खत्रीको इतिहास कथामा वर्ग सङ्घर्ष

Authors

  • Himmaya Poudel पृथ्वीनारायण क्याम्पस, पोखरा

Keywords:

आर्थिक उत्पीडन, पुँजीवाद, प्रगतिवाद, माक्र्सवादी साहित्य, वर्ग सङ्घर्ष, सर्वहारा

Abstract

प्रस्तुत लेख ‘थैले खत्रीको इतिहास’ कथामा वर्ग सङ्घर्षको स्थिति खोजी गर्नमा केन्द्रित रहेको छ । नेपाली समाजको निम्न वर्गीय पात्र थैले खत्रीले उच्च वर्गका व्यक्ति तथा पुँजीवादी समाजबाट पाएको दुःख, हन्डर, पीडा र शोषणका साथै उसले विद्रोह गरेको अवस्थाको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । गुणात्मक तथ्य प्राप्तिका लागि प्राथमिक सामग्रीका रूपमा थैले खत्रीको इतिहास कथा र द्वितीयक सामग्रीका रूपमा अनुसन्धानमूलक पुस्तक, लेख तथा पाठ्यसन्दर्भहरूको अनुशीलन गरी पुस्तकालयीय कार्यबाट तथ्य सङ्कलन गरिएको यस लेखमा आफ्नो खेतमा पटकपटक गोरु नार्ने, श्रीमतीलाई अपशब्द बोल्ने, गाउँ निकाला गर्ने, उचित न्याय दिने भनिएका बडाहाकिमले उल्टै अन्यायमा पार्नेजस्ता गरिबहरूप्रति गरिएका नियोजित षड्यन्त्रका विरुद्ध थैले खत्री सङ्घर्षरत देखिन्छ । आपूmलाई खोज्दै आएको एक पुलिससँग जम्काभेट हँुदा दोहोरो भिडन्तका क्रममा त्यस पुलिसलाई नै समाप्त पार्न सक्षम भएकाले वर्ग सङ्घर्षको स्थिति खत्रीमा उच्च रूपमा उजागर भएको देखिन्छ । त्यसैले यस लेखमा आर्थिक तथा सामाजिक रूपमा समान हैसियत र अवसरको चाहनाका स्वरूप सर्वहारा वर्गले पुँजीपति वर्गप्रति गरेको विद्रोही क्रियाकलाप नै कथाले वरण गरेको उपयुक्त वर्गसङ्घर्ष भएको निष्कर्ष निकालिएको छ ।

Abstract
197
PDF
0

Author Biography

Himmaya Poudel, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

Poudel, H. (2024). थैले खत्रीको इतिहास कथामा वर्ग सङ्घर्ष. AMC Journal, 5(1), 151-161. https://doi.org/10.3126/amcj.v5i1.76192

Issue

Section

Articles

How to Cite

Poudel, H. (2024). थैले खत्रीको इतिहास कथामा वर्ग सङ्घर्ष. AMC Journal, 5(1), 151-161. https://doi.org/10.3126/amcj.v5i1.76192