एक चिहान उपन्यासमा अल्झेको समाज

Authors

DOI:

https://doi.org/10.3126/amrj.v4i1.78684

Keywords:

अनुसन्धान, रुढीवादी, मूल्यमान्यता, वर्गीयता, माक्र्सवाद, साम्प्रदायिता, प्रतिछायाँ

Abstract

उपन्यासकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित एक चिहानमा तत्कालीन समाज तथा सामाजिक सुधार तर्फ के कस्तो अवस्था रहेको छ भन्ने विषयको अध्ययन तथा विश्लेषणमा प्रस्तुत लेख केन्द्रीत रहेकोछ । यसले वि.सं. २०११ साल आसपासको नेपाली समाजको जीवनको सन्दर्भलाई उठान गरेको छ । वि.सं. २००७ सालको परिवर्तनले देशमा राजनैतिक परिवर्तन गराए पछि आमजनमानसमा चेतनाको अभिवृद्धि भए पनि सामन्त, शोषक र षडयन्त्रकारीहरुकोे दबदबा भने यथावत रहेकाले सर्वसाधारणले यातना र दुःख पाइरेहेको आवस्था कायमै थियो । जनमानसमा दुःख र सास्तीबाट मुक्ति प्राप्त गर्ने चाहना स्वरुप समाजमा रहेको कुसंस्कार, कुप्रथा, कुप्रवृतिको भन्डाफोर गर्दै जनमानसमा रहेका नराम्रा प्रवृति तथा चालचलन प्रतिको परिवर्तनको भावना यस उपन्यासमा रहेको छ । समाजमा विद्यमान रुढीगत प्रवृतिले गर्दा तत्कालीन समाजका व्यक्तिहरुमा दास प्रवृति मौलाउदै गएको र यसले गरीव वर्ग गरीव र धनी वर्ग धनी हुदै गएको अवस्थाको कुरा नै यस लेखको सार हो । अनुसन्धानको ढाँचामा आधारित प्रस्तुत लेखमा पुस्तकालयीय कार्यका आधारमा प्राथमिक र द्दितीय स्रोतको संकलन गरी अध्ययन तथा विश्लेषण गरिएको छ । प्रस्तुत कृतिले समाजमा जरा गाडेर बसेका रुढीवादी मूल्यमान्यतामा परिर्तन वा सुधार गर्ने अपेक्षा राखेको छ । समाजमा विद्यमान तिनै प्रवृतिहरुले मानिसलाई पारेको नराम्रो असर प्रति सचेत गराउनु पनि यस लेखको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
126
PDF
73

Downloads

Published

2025-05-14

How to Cite

Poudel, G. (2025). एक चिहान उपन्यासमा अल्झेको समाज . AMC Multidisciplinary Research Journal, 4(1), 121–129. https://doi.org/10.3126/amrj.v4i1.78684

Issue

Section

Articles