बदलिँदो विश्व व्यवस्था र नेपालमा बढ्दो भू–राजनीतिक प्रभाव

Authors

  • Hirendra Bahadur Shahi एम फिल राजनीतिशास्त्र, त्रि.वि

DOI:

https://doi.org/10.3126/amrj.v4i1.78690

Keywords:

विश्वशक्तिसम्बन्ध, भू–राजनीतिक चुनौति, बदलिँदो विश्वव्यवस्था, सुरक्षा चुनौती, सन्तुलित छिमेक सम्बन्ध

Abstract

चीन विश्वव्यवस्थाको एक महत्वपुर्ण राष्ट्र भैसकेको छ । चीन, रसिया र भारतको आर्थिक, सैन्य र प्राविधिक विकासले विश्वव्यवस्था बहुधुविय अवस्थामा प्रवेश गरेको छ । यी तीन ओटा राष्ट्रहरुलाई अस्विकार गरेर आजको विश्वव्यवस्था चल्न सक्ने अवस्था देखिदैन् । चीनियाँलागानीको बिआरआई परियोजना संसारका धेरै देशहरुमा सञ्चालन भैरहेका छन् । अमेरिकी नेतृत्वको पुँजिवादी विश्व अर्थव्यवस्थामा समेत चीनको महत्वपुर्ण योगदान छ । भू–राजनीतिकरुपमा नेपाल, चीन र भारतका बिचमा रहेकाले नेपालमा भू–राजनीतिक चासो बढेर गएको छ । ठुला देशहरु बिचको प्रतिद्वन्दिता, सहकार्य र प्रतिस्पर्धा आदि सबैको प्रभाव नेपालमा देखापरेको छ । भूराजनीतिक हिसाबले महत्वपुर्ण परियोजनाहरु एमसिसी र बिआआईको ब्याटल ग्राउन्ड नेपाल हुने खतरा छ । यीदुवै परियोजना नेपाल सरकारले अगाडि बढाइरहेको छ । जलविद्युत परियोजना निर्माणमा नेपालमा भू–राजनीतिक असर देखापरिसकेको छ । चिनियाँलगानि का परियोजनाले नेपालमा भू–राजनीतिक दबाबको सामना गरिरहेको आवस्था छ । परियोजना अगाडि बढ्दै जाँदा भू–राजनीतिक असहयोग र दबाब समेत नेपालले सामना गरिरहेको छ । नयाँ विश्वव्यवस्थामा सुरक्षा एलाइन्सहरु समेत नयाँ ढङ्गले अगाडि बढिरहेको पाइन्छ । चीनले आफनो पहलमा ग्लोबल सेक्युरिटि इनिसियटिभ् सुरक्षा परियोजना अगाडि बढाएको छ भने अमेरिकाले पनि स्टेट पार्टनर सिपप्रोग्राम अगाडि ल्याएको छ । यसरी विश्वका शक्तिशाली राष्ट्रहरु अगाडि बढिरहेको अवस्थामा नेपालले असंलग्न परराष्ट्र नीतिको अनुशरण गर्दै छिमेक शक्तिसन्तुलनका आधारमा अगाडि बढ्नु पर्दछ । छिमेकीहरुको सुरक्षा र भू–राजनीतिक चासोको व्यवस्थापनमा नेपाल सजग र जिम्मेवार भइ अगाडि बढ्नु पर्दछ । यो अध्ययन द्धितिय स्रोतमा आधारित छ ।

Downloads

Download data is not yet available.
Abstract
165
PDF
124

Downloads

Published

2025-05-14

How to Cite

Shahi, H. B. (2025). बदलिँदो विश्व व्यवस्था र नेपालमा बढ्दो भू–राजनीतिक प्रभाव . AMC Multidisciplinary Research Journal, 4(1), 150–156. https://doi.org/10.3126/amrj.v4i1.78690

Issue

Section

Articles