चेतनाको चित्कारमा प्रगतिशील चेतना
DOI:
https://doi.org/10.3126/apara.v5i1.84124Keywords:
प्रगतिशील, भौतिकवाद, माक्र्सवाद, वर्गविभाजन, सौन्दर्यशास्त्रAbstract
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएको छ । यस कृतिमा अभिव्यक्त प्रगतिशील विचार र चेतनाको अभिव्यक्ति के कस्तो रूपमा रहेको छ भन्ने समस्याको निरूपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ भने यसमा पुस्तकालय विधिबाट सङ्कलन गरिएका तथ्याङ्कलाई विश्लेषणात्मक र वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । विशेषतः यसमा माक्र्सवादी सौन्दर्यशास्त्रले अघि सारेका मूलभूत मान्यतालाई अवलम्बन गरी वर्गीय पक्षधरता, राष्ट्रियता र सामाजिक रूपान्तरणसँग सम्बन्धित पक्षहरूका बारेमा विश्लेषण गरिएको छ । यसबाट सामाजिक असमानता, अशिक्षा, आर्थिक अभाव, गरिबहरूमाथिको थिचोमिचो, शोषण, दमन, अन्याय, अत्याचारको चित्रण एवम् राष्ट्रियताप्रतिको सजगता, धनी र गरिब वर्गका बिचमा देखापरेको असमानतालाई हटाई मानवतावादी समतामूलक एवम् न्यायपूर्ण समाजको स्थापनामा अभिव्यक्ति दिएको छ भन्ने निष्कर्ष निकालिएको छ । यसमा यथेष्ट मात्रामा प्रगतिशील चेतनाको सिर्जनात्मक प्रयोग भएको कुरालाई साक्ष्यका आधारमा निष्कर्ष प्रस्तुत गरिएको छ ।