‘नलेखिएको इतिहास’ कथामा वर्गीयता

Authors

  • Man Maya Pokhrel पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/apara.v5i1.84126

Keywords:

अभिलक्षण, पुँजीपति वर्ग, सत्तालिप्सा, सर्वहारा वर्ग, साम्यवादी

Abstract

‘नलेखिएको इतिहास’ कथामा वर्गीयता’ शीर्षकको प्रस्तुत लेखमा माक्र्सवादी सिद्धान्तका आधारमा कथामा प्रयुक्त वर्गीयताको विश्लेषण गरिएको छ । यस क्रममा कथामा उपस्थित पात्रहरूको उत्पादनका साधनसँगको सम्बन्धका आधारमा तिनको आर्थिक स्थिति निक्र्योल गरी त्यसैका आधारमा तिनको वर्गीय अवस्था पहिचान गरिएको छ । कथामा उपस्थित तीन वर्गमध्ये मध्यमवर्ग निम्नवर्गको सहयोगमा सक्ता परिवर्तन गर्न सफल भएको देखाइएको छ । यसको प्रमुख कारण मध्यमवर्गमा जागृत वर्गीय चेतना तथा निम्नवर्गमा क्रमशः जागृत हुँदै गएको वर्गीय चेतना र उक्त वर्गले मध्यमवर्गमाथि गरेको विश्वास हो । यस वर्गले सङ्घर्ष गरी ज्यान बलिदान दिएर देशमा प्रजातन्त्र ल्याएको छ तर राज्यमा तिनै शोषक वर्गको शासन चलेका कारण निम्नवर्ग झन शोषित बन्न पुगेको छ । निम्न वर्गीय जनताका जीवनमा सहजता प्राप्त हुन सकेको छैन । कथामा सत्ता परिवर्तन गर्न सङ्घर्ष गर्ने बलिदानी सहिद परिवार बिचल्ली बनेको अवस्था देखाइएको छ । नेपाली समाजको वर्गीय स्वरूप प्रस्तुत गर्दै सत्ता परिवर्तनमा निम्नवर्गको भूमिका देखाउने उद्देश्यले लेखिएको प्रस्तुत कथामा शोषित वर्ग सधैँभरि शोषक वर्गबाट किचिएको अवस्था देखाइएको छ । यस कथामा अभिव्यक्त वर्गीयता समीक्षा गर्न वर्ग विश्लेषणका मूलभूत मान्यतालाई आधार बनाइएको छ । यस अध्ययनका लागि प्राथमिक र द्वितीय दुवै स्रोतका सामग्रीहरू प्रयोग गरिएका छन् । प्रस्तुत लेख निगमनात्मक विधिमा आधारित छ । साहित्यिक अध्ययन भएकाले यसमा गुणात्मक पद्धतिको प्रयोग गरिएको छ । यस लेखमा कथामा प्रयुक्त वर्गीयताको विश्लेषण गर्न कथामा प्रयोग भएका विभिन्न साक्ष्यहरूलाई आधार मानिएको हुँदा यसको अध्ययन पाठविश्लेषण पद्धतिमा आधारित रहेको छ । यस अध्ययनबाट समाजमा सबैभन्दा शक्तिशाली र सचेत वर्गका रूपमा रहेको शोषित वर्गले सङ्घर्ष गरी सत्ता परिवर्तन गरे तापति उक्त वर्गको सामाजिक अवस्थामा सुधार आउन नसकी निम्नवर्गको जीवन अझ कष्टकर बन्दै गएको निष्कर्ष यस लेखमा निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
30
PDF (नेपाली)
22

Author Biography

Man Maya Pokhrel , पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

उपप्राध्यापक

Published

2025-09-05

How to Cite

Pokhrel , M. M. (2025). ‘नलेखिएको इतिहास’ कथामा वर्गीयता . Apara अपरा, 5(1), 82–92. https://doi.org/10.3126/apara.v5i1.84126

Issue

Section

Articles