‘बौलाको डायरी’ उपन्यासमा कथानकको समायोजन

Authors

  • Shailaja Pokhrel पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/apara.v5i1.84129

Keywords:

अवनति, उत्कर्ष, उत्थान, उत्प्रेरणा, वृत्ताकार

Abstract

प्रस्तुत अध्ययन उपन्यासकार महेश्वर पन्तको ‘बौलाको डायरी’ नामक नेपाली उपन्यासको कथानकको संरचात्मक सुठगनमा केन्द्रित छ । विश्वव्यापी महामारीका रूपमा संसारभरि फैलिएको कोरोनाको पृष्ठभूमिमा डायरी वा दैनिकीको शैलीमा रचना भएको प्रस्तुत उपन्यासको कथानक सरल र सुगठित छ । उपन्यासका परिभाषाअनुसार कथावस्तु वा कथानक उपन्यासको एउटा अभिन्न तत्त्व हो । उपन्यासमा घटनाक्रमलाई कुनै निश्चित ढाँचामा बाँधेर कथानकलाई सुगठित गरिएको हुन्छ । त्यस्ता बन्धनले बाँधेर कथानकहरूलाई नौ किसिमबाट प्रस्तुत गर्न सकिन्छ । ती नौ किसिमका बन्धनमध्ये यस उपन्यासको कथानक कस्तो किसिमको बन्धनमा कसरी निर्माण गरिएको छ भन्ने समस्यामा केन्द्रित भई गरिएको प्रस्तुत अध्ययनमा कथानकको विकास प्रक्रियालाई देखाइएको छ । कथानकका स्थापित सिद्धान्तमा आधारित भएर यस उपन्यासको कथानकमा देखिएका घटनाहरूको लेखाजोखा गर्दै प्रस्तुत अध्ययनको निष्कर्षमा पुगिएको छ । तिनै सिद्धान्तमा टेकेर हेर्दा प्रस्तुत उपन्यासको कथानक सुरुआतको विन्दुमा जहाँ छ अन्त्यमा त्यही नै फेरि आई पुगेको छ । कथानक सुरुको विन्दुमा पुगेपछि उपन्यासको अन्त्य पनि भएको छ । त्यस्तो उपन्यासलाई ‘वृत्ताकार कथानक’ को वर्गमा राखिएकाले यो उपन्यासको कथानक त्यही वर्गमा पर्छ । वृत्ताकार कथानकमा पात्रको औपन्यासिक यात्रा र त्यो यात्रामा आएका छ ओटा चरणहरू प्रस्तुत उपन्यासमा स्पष्ट देख्न सकिन्छ । यस उपन्यासले त्यही अनुशासनमा रही ती छ चरण पुरा गरेको छ र यस अध्ययनमा त्यही उपन्यासको कथानकलाई यसको विकास प्रकृयाअनुसार चिरापारी चरणवद्ध गर्ने काम भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF (नेपाली)
18

Author Biography

Shailaja Pokhrel, पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

उपप्राध्यापक

Published

2025-09-05

How to Cite

Pokhrel, S. (2025). ‘बौलाको डायरी’ उपन्यासमा कथानकको समायोजन . Apara अपरा, 5(1), 107–118. https://doi.org/10.3126/apara.v5i1.84129

Issue

Section

Articles