माछो माछो भ्यागुतो कथामा विश्वदृष्टि
DOI:
https://doi.org/10.3126/apara.v5i1.84134Keywords:
उत्पत्तिमूलक संरचनावाद, परावैयक्तिक चेतना, वर्गीयता, समानधर्मिता, संस्कृतिAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख कथाकार इस्मालीको माछो माछो भ्यागुतो कथामा व्यक्त विश्वदृष्टिको अध्ययनमा केन्द्रित रहेको छ । विश्वदृष्टि लुसियन गोल्डमानद्वारा प्रतिपादित साहित्यको समाजशास्त्रीय अवधारणा हो । समाजमा रहेका विभिन्न वर्गको विश्वदृष्टि कसरी कथामा व्यक्त भएको छ ? समाजको विश्वदृष्टिसँग कृतिको समाजका बिच समानधमर्मिता छ कि छैन ? भन्ने समस्याको प्राज्ञिक समाधान खोज्ने प्रयत्न गरिएको छ । यस लेखमा कथाका मुख्य सन्दर्भहरूलाई साक्ष्यका रूपमा प्रस्तुत गर्दै पाठविश्लेषण विधिको प्रयोग गरिएको छ भने यसमा व्याख्याविश्लेषणमा आधारित गुणात्मक पद्धति अवलम्वन गरिएको छ । यस लेखमा समाजमा रहेको पुँजीपति वर्ग र त्यसको उत्पीडनमा परेको मजदुर वर्गको विश्वदृष्टि र संरचनागत समानधर्मिताको मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस क्रममा तत्कालीन नेपाली समाजमा प्रभुत्वशाली वर्ग र मजदुर वर्गको विश्वदृष्टिलाई कथामा प्रस्तुत गरिएकोले विश्वदृष्टिका आधारमा यो कथा प्रभावकारी छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।