अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव {Imitation theory and its impact on Nepali literature}

Authors

  • यमनाथ Yamanath तिमिल्सिना Timilsina नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

Keywords:

मर्मज्ञ, फोटोग्राफी, काव्यशास्त्र, दर्शन, अनुकरण सिद्धान्त

Abstract

प्रस्तुत ‘अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव’ शीर्षकको आलेख अनुकरणसिद्धान्तको सैद्धान्तिक परिचय दिई नेपाली साहित्यमा यसको प्रभावलाई सिंहावलोकन गर्ने  उद्देश्यले तयार गरिएको हो । लेखनका क्रममा पुस्तकालय कार्यको उपयोग गरी सङ्कलन  गरिएका सामग्रीहरुको अध्ययन विश्लेषण गरेर निष्कर्षमा पुगिएको छ । अनुकरण सिद्धान्तले कला र साहित्यलाई जीवनजगत्को अनुकरण मान्दछ । अनुकरण सिद्धान्तका प्रतिपादक अरस्तुले साहित्य जीवनजगत्को अनुकरण भए पनि कुनै पनि वस्तुको जस्ताको तस्तै रुप उतार्न नसकिने हुनाले वस्तुका विविध रुपको चर्चा गरेका छन् । उनका अनुसार वस्तुका मुख्यतः यथार्थ, आदर्श, प्रतीयमान र सम्भाव्य रुप हुन्छन् । अनुकरण सिद्धान्तकै चर्चा गर्ने क्रममा अरस्तुले वस्तुका वर्तमान यथार्थ रुप र सम्भाव्य रुपको बाहेक अन्य रुपको अनुकरण गर्न नसकिने तर्क अगाडि सारेका  छन् । अनुकरण सिद्धान्तले कला र साहित्यलाई समाजको ऐना मान्दछ । नेपाली साहित्यका विविधविधामा प्रत्यक्ष परोक्ष रुपमा अनुकरणको प्रभाव पाइन्छ । खासगरी परिष्कारवादी र यथार्थवादी साहित्यमा अनुकरणको प्रभाव प्रबल देखिन्छ । साहित्यका विभिन्न विधाहरुमध्ये नाटक, कविता, कथा, उपन्यासजस्ता विधामा अनुकरणको प्रधानता पाइन्छ । बालकृष्ण सम, गुरूप्रसाद मैनाली,  गोपालप्रसाद रिमाल, रमेश विकल, माधव घिमिरे आदिका रचनामा अनुकरण सिद्धान्तको प्रभावपरेको छ ।

Abstract
360
PDF
0

Author Biography

यमनाथ Yamanath तिमिल्सिना Timilsina, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

सहप्राध्यापक

Downloads

Published

2022-11-10

How to Cite

तिमिल्सिना Timilsina य. . Y. (2022). अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव {Imitation theory and its impact on Nepali literature}. AWADHARANA, 7(1), 1-12. https://doi.org/10.3126/awadharana.v7i1.49334

Issue

Section

Articles

How to Cite

तिमिल्सिना Timilsina य. . Y. (2022). अनुकरण सिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव {Imitation theory and its impact on Nepali literature}. AWADHARANA, 7(1), 1-12. https://doi.org/10.3126/awadharana.v7i1.49334