मोदिआइन उपन्यासमा शैलीविज्ञानपरक रूपविन्यास {Stylistic configuration in Modi Aain novel}

Authors

  • वासुदेव Basudev भण्डारी Bhandari नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

DOI:

https://doi.org/10.3126/awadharana.v7i1.49341

Keywords:

भाषिक कला, विचलन, भाषिक प्रतीक, अग्रभूमीकरण

Abstract

प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासको शैलीविज्ञानपरक रूपविन्यासको विश्लेषणमा केन्द्रित छ । यस क्रममा साहित्यिक कृतिलाई भाषाशैलीय कोणबाट विश्लेषण गर्ने महवपूर्ण आधार मानिने शैलीविज्ञानपरक रूपविन्यासको संक्षिप्त सैद्धान्तिक चर्चा गरिएको छ । लेखलाई तथ्यपरक रूपमा विश्लेषण गरी निष्कर्षमा पुयाउनका लागि पुस्तकालयीय विधि अवलम्बन गरिएको छ । शैलीविज्ञानले साहित्यलाई भाषिक कला र कृतिलाई भाषिक प्रतीक ठानेर विश्लेषण गर्दछ । कृतिभित्रको भाषाका सानादेखि ठूला एकाइसम्मको अध्ययन गर्ने यस पद्धतिका अनुसार प्रत्येक साहित्यिक कृतिका दुई पक्ष हुन्छन्– लेख्य अभिव्यक्ति र कथ्य । लेख्य  अभिव्यक्ति रूपविन्याससँग सम्बन्धित हुन्छ भने कथ्य विषय वा सन्दर्भसँग सम्बन्धित हुन्छ ।  मोदिआइन उपन्यासमा शैलीविज्ञानपरक रूपविन्यास विषयक प्राज्ञिक जिज्ञासाको समाधानका लागि स्पष्ट सैद्धान्तिक अवधारणा र विश्लेषण ढाँचाको निर्माण गरी उपन्यासभित्रका केही उदाहरणका माध्यमबाट विश्लेषण गरिएको छ । यस क्रममा चयन अन्तर्गत शब्दचयन र वाक्यचयन, अग्रभूमीकरण अन्तर्गत विचलन र समानान्तरता जस्ता उपकरणका आधारमा उपन्यासमा कायम भएको रूपविन्यासगत सौन्दर्यको विश्लेषण गरी शैलीविज्ञानपरक रूपविन्यासका आधारमा कृति  सौन्दर्ययुक्त एवं गुणात्मक बन्न पुगेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
70
PDF
35

Author Biography

वासुदेव Basudev भण्डारी Bhandari, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2022-11-10

How to Cite

भण्डारी Bhandari व. B. (2022). मोदिआइन उपन्यासमा शैलीविज्ञानपरक रूपविन्यास {Stylistic configuration in Modi Aain novel}. AWADHARANA, 7(1), 33–45. https://doi.org/10.3126/awadharana.v7i1.49341

Issue

Section

Articles