अभिहितान्वयवाद र अन्विताभिधानवाद : भाषावैज्ञानिक र शैक्षणिक सम्बन्ध {Abhihitanvaism and Anvitabhaidhanism: Linguistics and Academic Relations}

Authors

  • हिममाया Himmaya पौडेल Poudel नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Department of Nepali Education, PN Campus, Pokhara, TU

Keywords:

भाषाशिक्षण, न्यायदर्शन, मीमांसा, अभिहितान्वयवाद, अन्विताभिधानवाद

Abstract

रस्तुत लेख पूर्वीय भाषिक चिन्तनमा देखापरेका अभिहितान्वयवाद र अन्विताभिधानवादको भाषाविज्ञान र भाषाशिक्षणसँग सम्बन्ध खोजी गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । वैयाकरणहरुद्वारा स्थापित वर्ण, पद तथा वाक्यको स्वतन्त्र सत्तामाथि मीमांसक र नैयायिकहरुले मतभेद प्रकटगरेपछि अर्थबोधका सन्दर्भमा पदवादी र वाक्यवादी दृष्टिकोणका फलस्वरुप अभिहितान्वयवाद र अन्विताभिधानवाद प्रर्वतन भएको देखिन्छ । सामग्री सङ्कलनको पुस्तकालयीय कार्य अवलम्बन गरिएको यस लेखमा नेपाली र हिन्दी स्रोतका अनुसन्धानमूलक पुस्तक, शोध, स्वतन्त्र लेख, जर्नल, आदि सामग्रीको प्रयोग गरिएको छ । तथ्य वा सामग्रीको विश्लेषणका लागि वर्णनात्मक एवं विश्लेषणात्मक विधि प्रयोग गरिएको प्रस्तुत लेखमा पद द्वारा सङ्केतित अर्थलाई स्वतन्त्र सत्ता मान्ने वा वाक्यलाई अखण्डित रुपमा अर्थबोधको एकाइ मान्ने भन्ने पक्षमा मीमांसाशास्त्रमा मतभेद रहे पनि वाक्यार्थ बोधका लागि पदहरु तथा तिनका अर्थको परस्पर सम्बन्ध रहने पक्षमायी दुवै सम्प्रदायबिच सहमती देखिन्छ । भाषा विज्ञानको प्रमुख शाखा अर्थविज्ञानसँग यी दुवैको घनिष्ट सम्बन्ध रहेको देखिन्छ । अर्थ बोधका लागि वाक्यमा विन्यस्त पद नै प्रमुख हुने, पदहरुका अर्थबिचको पारस्पारिक सम्बद्धताले अर्थबोधलाई सशक्त बनाउने, एक पदीय संरचनालेपनि वाक्यको अर्थलाई सम्प्रेषित गर्न सक्ने र पदको अर्थ प्रयोगद्वारा निर्धारित हुन्छ भन्ने जस्ताविचारले भाषा शिक्षणसँग घनिष्ट सम्बन्ध राखेको देखिन्छ । यसर्थ शब्दार्थ, वाक्य निर्माण, भाषिकबोध क्षमताका साथै विद्यार्थीहरुमा वर्ण, रुप, पद, पदावली, उपवाक्य र अन्ततः वाक्यको अर्थपूर्णप्रयोगको सामथ्र्य विकास गराउने प्रयोजनमा अभिहितान्वयवाद र अन्विताभिधानवादका विचारमनन योग्य रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
242
PDF
0

Author Biography

हिममाया Himmaya पौडेल Poudel, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Department of Nepali Education, PN Campus, Pokhara, TU

उपप्राध्यापक

Downloads

Published

2022-11-10

How to Cite

पौडेल Poudel ह. H. (2022). अभिहितान्वयवाद र अन्विताभिधानवाद : भाषावैज्ञानिक र शैक्षणिक सम्बन्ध {Abhihitanvaism and Anvitabhaidhanism: Linguistics and Academic Relations}. AWADHARANA, 7(1), 72-82. https://doi.org/10.3126/awadharana.v7i1.49378

Issue

Section

Articles

How to Cite

पौडेल Poudel ह. H. (2022). अभिहितान्वयवाद र अन्विताभिधानवाद : भाषावैज्ञानिक र शैक्षणिक सम्बन्ध {Abhihitanvaism and Anvitabhaidhanism: Linguistics and Academic Relations}. AWADHARANA, 7(1), 72-82. https://doi.org/10.3126/awadharana.v7i1.49378