नियतिवादी मान्यताका आधारमा योजनगन्धा उपन्यासको अध्ययन

Authors

DOI:

https://doi.org/10.3126/awadharana.v9i1.86190

Keywords:

कर्म, नियति, नियतिवाद, प्रारब्ध, भाग्य

Abstract

प्रस्तुत लेख नियतिवादी मान्यताका आधारमा योजनगन्धा उपन्यासको अध्ययनमा केन्द्रित रहेर तयार पारिएको छ । योजनगन्धा उपन्यासमा नियतिवादी मान्यताहरूको  प्रयोग प्रभाव के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ । यसमा गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । अध्ययनका क्रममा आवश्यक प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयबाट सङ्कलन गरिएको छ । नियतिवाद र यसका प्रमुख मान्यतालाई यस अध्ययनको सैद्धान्तिक आधार बनाइएको छ । नियतिवादी मान्यताका आडमा पाठको व्याख्यावादी अध्ययन पद्धति अवलम्बन गरिएको छ । योजनगन्धा उपन्यासमा नियतिवादी मान्यताहरूको प्रयोग प्रभाव सघन र अर्थपूर्ण रूपमा देखिएको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2025-11-10

How to Cite

Pangyani, P. (2025). नियतिवादी मान्यताका आधारमा योजनगन्धा उपन्यासको अध्ययन. AWADHARANA, 9(1), 16–28. https://doi.org/10.3126/awadharana.v9i1.86190

Issue

Section

Articles