राजेश्वरी खण्डकाव्यको पाठकीय पर्यवेक्षण
DOI:
https://doi.org/10.3126/awadharana.v9i1.86191Keywords:
आर्षजीवन, आसागुर्जा, जिजीविषा, वैधव्य, सेतीवेदीAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख ‘राजेश्वरी’ खण्डकाव्यको पाठकीय पर्यवेक्षणमा आधारित छ । राजेश्वरी खण्डकाव्यको मूलतः भावगत पक्षमा अन्तरनिहित विविध पक्षहरूको विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ । लेखको विश्लेषणका लागि अध्ययन क्षेत्र राजेश्वरी खण्डकाव्य रहेको छ भने समस्याका रूपमा भावगत विविधताको स्वरूप र त्यसको प्रस्तुति कसरी भएको छ त्यो रहेको छ । यस प्राज्ञिक जिज्ञासालाई खण्डकाव्य सिद्धान्तका सापेक्षतामा रहेर विश्लेषणमार्फत निराकरण गरिएको छ । आधुनिक सभ्यता र वैज्ञानिक आविष्कारका नाममा आणविक हातहतियारको होडबाजीले अनाहकमा जीवन जसरी सिकार भएर मृत्युवरण गर्न बाध्य भएको छ यस वास्तविकतालाई काव्यमा उजागर गरिएको छ । सत्ता स्वार्थ एवम् नागर जीवनबाट टाढा भएर प्रकृतिको काखमा आनन्दसँग बिताएको जीवनलाई जालझेल र कपट गरेर जिउँदै चितामा जल्न बाध्य पारेको अमानवीय कृत्य हो भन्ने निष्कर्ष यस अध्ययनमा दिइएको छ । जसले जीवन दियो उसैलाई मात्र लिने अधिकार छ भन्ने दृष्टिकोणलाई विभिन्न दृष्टान्तमार्फत चरितार्थ गर्दै विश्व मावनतावादी दृष्टिकोणका साथै नेपाली प्रकृति, संस्कृति, इतिहास एवम् विम्ब, प्रतीक र अलङ्कारको संयोजन गरिएको काव्य भएको यस लेखको निचोड रहेको छ । गुणात्मक अध्ययन पद्धतिमा आधारित यस अध्ययनमा पुस्तकालयीय कार्यका माध्यमबाट उद्देश्यमूलक नमुना छनौट पद्धतिका आधारमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू सङ्कलन गरिएको छ । राजेश्वरी खण्डकाव्यमा अनिच्छित हुँदाहुँदै मानवताको गला रेटिएको सन्दर्भलाई तत्त्वमीमांसाका रूपमा लिइएको छ । पुस्तकालयीय कार्यबाट प्राप्त सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्य र दृष्टान्तका आधारमा मानवतावादी दर्शनका साथै सांस्कृतिक, प्राकृतिक एवम् ऐतिहासिक सन्दर्भलाई पनि सुस्पष्ट पारिएको छ । खण्डकाव्यीय सिद्धान्तको भावगत पक्षलाई सैद्धान्तिक आधार बनाएर बहुसत्यलाई विश्वास गरेर खण्डकाव्यको पाठकीय पर्यवेक्षण गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.