जगन्नाथ रेग्मीका काव्यकृतिमा देशप्रेम
DOI:
https://doi.org/10.3126/awadharana.v9i1.86192Keywords:
देशप्रेम, प्रकृतिचित्रण, संस्कृतिको महिमागान, सहअस्तित्वको भावना, सीमारक्षाAbstract
प्रस्तुत लेख रेग्मीका काव्यकृतिमा देशप्रेमसँग सम्बन्धित रहेर तयार पारिएको छ । शास्त्रीयतावादी कवि रेग्मीका काव्यकृतिको मूल स्वर देशप्रेम रहेकाले यस्तो शीर्षक चयन गरिएको हो । वर्तमान सन्दर्भमा नवयुवाहरूको विद्रोहले सिर्जित परिस्थितिका कारण पनि यस्तो शीर्षक चयनले अर्थ राख्ने देखिएको छ । जगन्नाथ रेग्मीका काव्यकृतिमा देशप्रेम कसरी अभिव्यक्त भएको छ ? भन्ने मूल शोधप्रश्न लिएर यसमा अध्ययन गरिएको छ । काव्यकृतिमा प्रस्तुत देशप्रेमको भावलाई उद्घाटित गर्दै त्यसको विश्लेषण गर्नु यसको खास उद्देश्य हो । यसमा गुणात्मक अनुसन्धान ढाँचा चयन गरिएको छ र पाठविश्लेषण विधिको उपयोग गरिएको छ । विश्लेषणका सन्दर्भमा प्रयुक्त कवितांश तथा खण्डकाव्यांशको चयन सोद्देश्यमूलक नमुना छनोट विधिमार्फत गरिएको छ । देशप्रेम वैयक्तिक र अलि अमूर्त पक्ष रहेकाले रेग्मीका काव्यकृति सापेक्ष रही प्रकृतिचित्रण, देशनिर्माणका लागि आह्वान, अभिलाषा तथा प्रतिबद्धता, संस्कृतिको महिमागान, इतिहास र वैभवप्रति गर्व, विकृतिको चित्रणबाट समाजसुधारको अपेक्षा, सहअस्तित्वको भावना, महत् व्यक्तिको चित्रण, सीमारक्षा तथा बाह्य हस्तक्षेपको विरोधबाट देशप्रेमको भाव व्यक्त गरिएको छ भन्ने अवधारणात्मक आधार निर्माण गरिएको छ । यिनै आधारबाट विश्लेषण गर्दै रेग्मीले देशप्रेमको स्वरलाई कविताको मूल स्वर बनाएका छन् भन्ने निष्कर्ष यस शोधलेखमा प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.