रस सिद्धान्तसँग भाषाशिक्षणको सम्बन्ध

Authors

DOI:

https://doi.org/10.3126/awadharana.v9i1.86193

Keywords:

निष्पत्ति, भाषिक सिप, संयोगात्, सत्वगुण, सिकाइ

Abstract

पूर्वीय साहित्यशास्त्रमा देखा परेका विभिन्न सिद्धान्त/दर्शनमध्ये रस सिद्धान्तलाई सर्वाधिक जेठो र समृद्ध मानिन्छ । साहित्यमा प्रयुक्त रस सिद्धान्तको शैक्षणिक उपयोगिता पहिल्याउनु प्रस्तुत अध्ययनको उद्देश्य हो । गुणात्मक अनुसन्धानमा आधारित प्रस्तुत लेखमा मूलतः पुस्तकालय कार्यबाट द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी आगमनात्मक पद्धतिका माध्यमबाट वर्णनात्मक र तुलनात्मक अध्ययन विधिका साथ तथ्याङ्कको विश्लेषण गरिएको छ । अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गर्न पूर्व अध्येतासँग संवाद गर्दै आवश्यक तर्क, तालिका र साक्ष्यका साथ लेखकीय दृष्टिकोण पनि प्रस्तुत गरिएको छ । काव्य वा साहित्यबाट प्राप्त हुने अलौकिक आनन्द वा ब्रह्मानन्द सहोदरलाई नै साहित्यशास्त्रमा रसका रूपमा लिइन्छ । रस निष्पत्तिका लागि विभाव, अनुभाव र व्यभिचारी भाव आवश्यक सामग्री हुन् । स्थायी भावका आधारमा रस सङ्ख्या मुख्यतः नौवटा मानिन्छ । तिनीहरूमा शृङ्गार, करुण, हास्य, रौद्र, वीर, भयानक, बीभत्स, अद्भुत र शान्त रहेका छन् । भरतको रस सूत्रमा प्रयुक्त ‘संयोगात्’ र ‘निष्पत्ति’ शब्दलाई लिएर आचार्यहरूबिच रस निष्पत्ति सम्बन्धी मत भिन्नता देखिएका छन् । यिनीहरूमा भट्टलोल्लटको उत्पत्तिवाद, श्रीशङ्कुकको अनुमितिवाद, भट्टनायकको भुक्तिवाद र अभिनवगुप्तको अभिव्यक्तिवाद मुख्य रहेका छन् । यिनीहरूमा अभिनवगुप्तको अभिव्यक्तिवादलाई परवर्ती आचार्यहरू मम्मट, विश्वनाथ, जगन्नाथ लगायतले अनुशरण गरेकाले तुलनात्मक रूपमा अभिव्यक्तिवाद रस निष्पत्तिको हालसम्मको सर्वमान्य सिद्धान्त मानिन्छ । भाषाशिक्षण पनि बोध र अभिव्यक्तिको शिक्षण हो । रसोत्पत्तिका लागि विभाव, अनुभाव र व्यविचारी भावको संयोजन भएजस्तै भाषाशिक्षणमा पनि पाठ्यवस्तुको छनोट र स्तरण तथा शिक्षण सामग्री विधि र कार्यकलापको उपयुक्त संयोजन आवश्यक हुन्छ । रसका विविध स्थायी भाव भएजस्तै भाषाशिक्षणबाट पनि सिकारुको सर्वाङ्गीण क्षमताको विकास गर्न सकिन्छ । यसर्थ उद्देश्य, पाठ्यवस्तुको छनोट र स्तरण, शिक्षण सामग्री, अनुभवको सङ्गठन तथा मूल्याङ्कन प्रक्रियाका आधारमा रस सिद्धान्तको सम्बन्ध भाषाशिक्षणसँग पनि रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2025-11-10

How to Cite

Sharma, B. P. (2025). रस सिद्धान्तसँग भाषाशिक्षणको सम्बन्ध. AWADHARANA, 9(1), 56–69. https://doi.org/10.3126/awadharana.v9i1.86193

Issue

Section

Articles