साँढे धपाउने भक्तपुर किसान आन्दोलन एक अध्ययन

Authors

  • विकल Bikal प्रजापति Prajapati Bagiswori College

Keywords:

वर्गसङ्घर्ष, किसानसमस्या, साँपामा, आन्दोलन, साँढे, किसानविरोधी, Kisanandolan

Abstract

नेपालको किसान आन्दोलनको इतिहासमा भक्तपुरको किसान आन्दोलन अविस्मरणीय छ । बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोही लगतमा जोताहा किसानको नाम लेखाउने अभियान, साँढे धपाउने आन्दोलन, भ्रष्टाचार विरोधी आन्दोलन, छोरीलाई पनि मोहियानी हक दिलाउने आन्दोलन, धर्मपुत्रलाई मोहियानी हक दिलाउने आन्दोलन भक्तपुरमा चलेका प्रमुख किसान आन्दोलनहरू हुन् । त्यसमध्ये किसानको बाली खाने र नष्ट गर्ने छाडा साँढे धपाउने आन्दोलनका विभिन्न पक्षहरूको विश्लेषण यस रचनामा गरिएको छ । देशका अधिकांश क्षेत्रजस्तै भक्तपुरका किसानहरूको आर्थिक र सामाजिक अवस्था अत्यन्तै कमजोर थियो । त्यसमाथि आर्थिक र सामाजिक रूपमा आश्रित किसानलाई साहु सामन्तहरूले गर्ने शोषणका रूपहरू अनेक थिए । जीविकोपार्जनको लागि कृषिबाहेक अर्को विकल्प थिएन । अनेक दुःख गरेर लगाएको बाली गोडमेल गरेर फसल भित्र्याउन ठिक्क हुने बेला कहिले असिना पानीले त कहिले शिवजीको बहान भनी पुजिएको साँढेले सोतर पार्थ्यो । छाडा साँढेको मनोवैज्ञानिक असरले किसानलाई कमजोर पारेको हुन्थ्यो । प्रत्येक वर्ष व्यक्तिगत रूपमा अपनाउने सुरक्षा सजगता निरन्तर बेकार हुने गथ्र्याे । यस्तो अवस्थामा बामपन्थी विचारबाट प्रभावित तत्कालीन क्रान्तिकारी किसान कार्यकर्ताहरू निरन्तर विमर्शमा जुट्न थाले । पाइला पाइला गर्दै सामाजिक अभियानको रूप लियो । किसानविरोधी वा जनविरोधीहरू त्यस्तो सङ्गठित अभियानलाई रोक्ने वा दिग्भ्रमित पार्न अनेक कोसिस गर्थे । बिस्तारै किसानहरू सचेत र सङ्गठित हुन थाले । समयले आफूलाई प्रहार गर्ने शक्तिविरुद्ध पनि सशक्त प्रतिवाद गर्ने धैर्यता वा साहश दिलायो । सङ्गठनको भूमिका र महत्व बुझेपछि स्वाभाविक रूपमा आन्दोलनको रूप लियो । साँढे धपाउने आन्दोलनको प्रभावकारिताले किसान आन्दोलनका अनेक चरणहरूलाई सम्भव बनायो । यस अध्ययनले भक्तपुर र समग्र नेपालको तत्कालीन कृषि व्यवस्था, कृषकको समस्या, आर्थिक, सामाजिक अवस्था र जनचेतनाको सामान्य आकलन हुनेछ । सामान्य आर्थिक र सामाजिक असन्तोषले पनि राजनीतिक रूप लिएको दृष्टान्त यो अध्ययनको सार हो ।

Abstract
236
PDF
0

Author Biography

विकल Bikal प्रजापति Prajapati, Bagiswori College

Assistant Lecturer

Downloads

Published

2022-03-01

How to Cite

प्रजापति Prajapati व. B. (2022). साँढे धपाउने भक्तपुर किसान आन्दोलन एक अध्ययन . Bagiswori Journal, 2(1), 53-62. https://doi.org/10.3126/bagisworij.v2i1.56535

Issue

Section

Articles

How to Cite

प्रजापति Prajapati व. B. (2022). साँढे धपाउने भक्तपुर किसान आन्दोलन एक अध्ययन . Bagiswori Journal, 2(1), 53-62. https://doi.org/10.3126/bagisworij.v2i1.56535